विदुर – अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेपनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले दाउरा वितरण सुरु गरेको छ ।
विदुर नगरपालिकाको मुख्य बजार विदुर, बट्टार र ढुङ्गेमा बढ्दै गएको चिसो/शीतलहरबाट बच्नको आगो बालेर सामुहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको निमित्त प्रहरी प्रमुख राजेश थापाले जानकारी दिनुभयो ।
दुई दिनदेखि शितलहर सुरु भएपछि स्कुले बालबालिका, बटुवा र वृद्धलाई पर्ने समस्यालाई मध्यनजर गर्दै प्रहरीले बजार क्षेत्रमा आवत जावत गर्ने सेवाग्रही, बटुवालाई सहज बनाउन चोक-चोकमा दाउरा वितरण गरेको हो ।
देशभर दुई दिनदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।
देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकि भू-भागमा सामान्यतया सफा मौसम छ। तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पौष ८ गते मंगलवार देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ र राती देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ जनाएको छ ।
पौष ९ गते बुधवार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ भने राती देशभर सामान्यतया मौसम सफा रहनेछ ।
पौष १० गते बिहिवार देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने राती देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ ।
मौसम जानकारी
| Station | Maximum Temp.* (°C) |
Minimum Temp. (°C) |
24 hrs Rainfall (mm) |
|---|---|---|---|
| Dipayal | 21.2 | 6.0 | 0.0 |
| Dadeldhura | 15.4 | 2.9 | 0.0 |
| Dhangadi | 13.4 | 7.5 | 0.0 |
| Birendranagar | 21.2 | 4.3 | 0.0 |
| Nepalgunj | 15.8 | 7.5 | 0.0 |
| Jumla | 13.1 | -5.7 | 0.0 |
| Dang | 20.0 | 4.8 | 0.0 |
| Pokhara | 18.0 | 9.4 | 0.0 |
| Bhairahawa | 19.7 | 13.0 | 0.0 |
| Simara | 19.2 | 6.6 | 0.0 |
| Kathmandu | 18.8 | 3.2 | 0.0 |
| Okhaldhunga | 13.1 | 4.8 | 0.0 |
| Taplejung | 14.7 | 6.0 | 0.0 |
| Dhankuta | 19.0 | 7.1 | 0.0 |
| Biratnagar | 20.9 | 7.4 | 0.0 |
| * The maximum temp. as recorded yesterday afternoon, 2019-12-24 08:45 NPT | |||
प्रतिक्रिया