२०८१, १४ बैशाख शुक्रबार

आगो बाल्दै प्रहरी, चिसोका कारण जनजीवन प्रभावित

    पुष ८ २०७६ १०:५३

fire camp nepal police winter season nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेपनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले दाउरा वितरण सुरु गरेको छ ।

विदुर नगरपालिकाको मुख्य बजार विदुर, बट्टार र ढुङ्गेमा बढ्दै गएको चिसो/शीतलहरबाट बच्नको आगो बालेर सामुहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको निमित्त प्रहरी प्रमुख राजेश थापाले जानकारी दिनुभयो ।

दुई दिनदेखि शितलहर सुरु भएपछि स्कुले बालबालिका, बटुवा र वृद्धलाई पर्ने समस्यालाई मध्यनजर गर्दै प्रहरीले बजार क्षेत्रमा आवत जावत गर्ने सेवाग्रही, बटुवालाई सहज बनाउन चोक-चोकमा दाउरा वितरण गरेको हो ।

देशभर दुई दिनदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।

देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकि भू-भागमा सामान्यतया सफा मौसम छ। तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पौष ८ गते मंगलवार देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ र राती देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ जनाएको छ ।

पौष ९ गते बुधवार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ भने राती देशभर सामान्यतया मौसम सफा रहनेछ ।

पौष १० गते बिहिवार देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने राती देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ ।

मौसम जानकारी

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 21.2 6.0 0.0
Dadeldhura 15.4 2.9 0.0
Dhangadi 13.4 7.5 0.0
Birendranagar 21.2 4.3 0.0
Nepalgunj 15.8 7.5 0.0
Jumla 13.1 -5.7 0.0
Dang 20.0 4.8 0.0
Pokhara 18.0 9.4 0.0
Bhairahawa 19.7 13.0 0.0
Simara 19.2 6.6 0.0
Kathmandu 18.8 3.2 0.0
Okhaldhunga 13.1 4.8 0.0
Taplejung 14.7 6.0 0.0
Dhankuta 19.0 7.1 0.0
Biratnagar 20.9 7.4 0.0
* The maximum temp. as recorded yesterday afternoon, 2019-12-24 08:45 NPT

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top