विदुर – दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर ६ समुन्द्रटारमा ग्रामिण आँखा क्लिनिक सञ्चालनमा आएको छ ।
क्लिनिकको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले उद्घाटन गर्नुभएको हो ।
उक्त क्लिनिक नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर र दुप्चेश्वर गाँउपालिकाको संयुक्त रुपमा सञ्चालनमा रहने छ ।
साथै, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नुवाकोटका विभिन्न १५ स्थानमा आज मंगलबारबाट एक दिने नि:शुल्क आँखा शिविर सुरु भएको छ । शिविरको पहिलो दिन दुप्चेश्वर गाउपालिकाको वडा नं. ६ समुन्द्रटार स्वास्थ्यचौकीबाट आँखाका बिरामीहरुको चेकजाँच सुरु गरिएको छ ।
एक दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने समय र स्थानहरु
पुस १ गते मंगलबार, दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ समुन्द्रटार
पुस २ गते बुधबार, बेल्कोटगढी नगरपालिका वडा नम्बर ३, महादेवफाँट
पुस ५ गते शनिबार, म्यागङ गाउँपालिका वडा नम्बर २, बुङताङ
पुस ८ गते मंगलबार, सुर्यगढी गाउँपालिका वडा नम्बर १, लच्याङ
पुस १० गते बिहिबार म्यागङ गाउँपालिका वडा नम्बर ६, सामरी
पुस ११ गते शुक्रबार, लिखु गाउँपालिका वडा नम्बर ६, ढिकुरे
पुस १२ गते शनिबार किस्पाङ गाउँपालिका वडा नम्बर ३, काहुले
पुस १४ गते सोमबार, तादि गाउँपालिका वडा नम्बर ८, खरानीटार
पुस १६ गते बुधबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर २, गाउँखर्क
पुस १७ गते बिहिबार, ककनी गाउँपालिका वडा नम्बर ६ बेतिनी
पुस १८ गते शुक्रबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६, राउतवेशी
पुस २० गते आइतबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर १, घ्याङफेदी
पुस २१ गते सोमबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७, शिखरवेशी
पुस २२ गते मंगलबार, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५, बालकुमारी
पुस २५ र २६ गते विदुर नगरपालिका वडा नम्बर ४, बट्टार नुवाकोट आदर्श बहुमुखि क्याम्पस (मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया)
प्रतिक्रिया