२०८१, १३ बैशाख बिहीबार

सनराइज बैंकको नुवाकोट र रसुवामा शाखा विस्तार

    मंसिर ३० २०७६ १२:०९

sunrise bank nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सनराइज बैंकले नुवाकोटको विदुर नगरपालिकास्थित बट्टारमा १२८औं शाखा सञ्चालनमा ल्याएको छ ।

आज बैंकको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गरेका छन् ।

त्यस्तै, बैंकले आईतबार रसुवाको टिमुरेमा १२७औं शाखा खोलेको छ । शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा गरेका छन् ।

हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४८ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top