+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय दलित पत्रकार संघमा विश्वकर्मा

dalit journalist dhading
डबली खबर
६ साल अगाडी

धादिङ – पत्रकार हरि विश्वकर्माको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन भएको छ ।

प्रथम जिल्ला भेलाबाट राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं.३ जिल्ला शाखा धादिङको अध्यक्षमा विश्वकर्मा चयन भएका हुन् । विश्वकर्मा  अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा याकराज मग्राती, सचिवमा शुसिला विश्वकर्मा, सहसचिव रोशनी नेपाली र कोषाध्यक्षमा अनिल कुमार नेपाली रहेका छन् ।सदस्यहरुमा कोपिला बिसुन्के, सिता विक, रञ्जना परियार, कुमार विश्वकर्मा रहेका छन् ।

लोकतन्त्रको मुल आधार समान सहभागिता र विभेद मुक्त समाज, अभिव्यत्ति स्वतन्त्रता र मर्यादित पत्रकारीतामा हाम्रो आवाजका साथ दलित पत्रकारको पेशागत हकहित र सुरक्षाका लागि संघको सामूहिक पहल हुने बताउनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ