२०८१, १९ बैशाख बुधबार

तीन युवा व्यवसायीहरु नेकपामा प्रवेश

    मंसिर २९ २०७६ २०:५०

nepal communist party new members
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नेपाली काँग्रेसका प्रभावशाली तीन युवा व्यवसायीहरु शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका नवप्रवेशीहरुमा सहकारी एवं शैक्षिक अभियन्ता, युवा व्यवसायी र होटल याङ्ग्राका सञ्चालक सुदिप श्रेष्ठ, तरुण दल नुवाकोटका जिल्ला सदस्य तथा युवा व्यवसायी गोकर्ण रोक्का र युवा व्यवसायी राजकुमार नगरकोटी रहेका छन् ।

विदुरस्थित जिल्ला पार्टी कार्यालयमा नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागत गर्दै नेकपाका ३ नं. प्रदेश सचिवालय सदस्य राजेन्द्र प्रकाश लोहनी, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, सभासद् गोविन्द नेपाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले पार्टीमा प्रवेश गराएका हुन् ।

नेकपाका नवप्रवेशी सुदिप श्रेष्ठले “परिवर्तनलाई आत्मसाथ गरेर हामी जनताको पक्षमा गम्भिरताका साथ उभिने पार्टी नेकपा नै भएको निष्कर्षसहित काँग्रेसलाई त्यागेर आएका हौँ” भन्नुभयो ।

नेकपाका नेता लोहनीले जनताको हितमा नेकपा पार्टी र यसकै नेतृत्वको सरकार नै एकमात्र विकल्प रहेको विचार व्यक्त गर्दै यसबाहेक अरु राजनीतिक पार्टीले मुलुकको परिवर्तन तथा विकासको चाहनालाई पुरा गर्न नसक्ने बताउनुभयो । सामाजिक, आर्थिक र राजनीतिक संरचनाको सुधार र व्यवस्थापनमा अहिले सरकारलाई एकैपटक भार बोक्नुपर्ने जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।

सांसद तथा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आफ्नो पार्टी नेकपाले बोकेको सही विचार र राजनीतिक बाटोकै कारण युवाहरु लामवद्ध हुने अभियान अझ शसक्त भएर अघि बढेको दाबी गर्नुभयो । नवप्रवेशीहरुको दक्षता र क्षमता देखिएको र त्यही अनुसारको अवसर र जिम्मेवारी पार्टीले दिईनेछ भन्नुभयो ।

विदुर नगरपालिकाका उपमेयर गिता दाहालले परिवर्तनका संवाहक युवाहरु नै भएकोले देशको राजनीतिको मुख्य पहरेदारी युवाहरुको हातमा रहेको बताउनुभयो । नयाँ सोच, अपेक्षा र चाहना बोकेर नेकपाको महाअभियानमा सामेल हुने नवप्रवेशी युवाहरुको उचित सम्बोधन र मुल्यांकन हुने बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top