+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाईते

death body
डबली खबर
६ साल अगाडी

तुप्चे – नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ का २२ वर्षिय सुजन रिजाल रहेको प्रहरीले जनाएको छ ।

कुलपुजाको लागि साेलेबजार जाने क्रममा मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते रिजालको उपचारार्थ जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

माेटरसाईकलकाे पछाडि बस्ने रक्कि नेपाल घाइते भएका छन् भने त्रिशुलि अस्पतालमा उपचार भईरहेकाे छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ