२०८१, १३ बैशाख बिहीबार

ईन्टरलक प्रविधि विषय अन्तर्क्रिया कार्यक्रम

    मंसिर २२ २०७६ ०३:५५

inter block interaction program nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – ईन्टरलक व्यवसायीका समस्या र भवन निर्माणमा ईन्टरलक प्रविधिको प्रयोग विषयमा अन्तर्क्रिया कार्यक्रम भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले सदस्य उद्योगको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमको शुरुवात गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङले निजी तथा सामाजिकस्तरबाट यस प्रविधिको प्रयोग सकारात्मक र प्रमाणित भएकोले सरकारी निकायबाट नीतिगत रुपमा भवन निर्माणमा स्वीकृत दिनुपर्ने बताउनुभयो ।

पञ्चकन्या गाउँपालीकाका अध्यक्ष तेजबहादुर लामा, तादी गाउँपालीकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, म्यागङ गाउँपालीकाका उपाध्यक्ष शान्ति लामा लगायतले एकिकृत बस्ति, निजी आवास तथा सार्वजनिक संरचना निर्माण गर्न सहज र छरितो भएकोले आगामी दिनमा पालिकाको निर्माण कार्यक्रममा प्रयोगमा ल्याईने बताउनुभयो ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जिल्लामा २५ वटा भन्दा बढी बल्क उत्पादन गर्ने उद्योग रहेको र सयौंको संख्यामा रोजगारीका अवसर सिर्जना गरेको जानकारी दिनु भयो। यस प्रविधिको उपयोगबाट भवन निर्माणमा लागत खर्चमा २५ प्रतिशतले प्रत्यक्ष रुपमा कटौति हुने तथा वातावरणिय तवरले समेत सकारात्मक रहेकोले बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठले ईन्टरलक प्रविधिको सरकारी मान्यता प्राप्त भएको खण्डमा जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नु भएको थियो ।

नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटाले स्थानिय कच्चा पदार्थको प्रयोग हुने भएको कारण स्थानियस्तरमा भित्रिएको पैसा जिल्ला बाहिर नजाने भएको कारण समेत यस प्रविधि उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा ईन्टरलक वल्कको प्राविधिक पक्ष तथा नितिगत विषयमा विल्डअप नेपालका ईन्जिनियर ईन्द्रदेव चौरासियाले प्रकाश पार्नु भएको थियो । ईन्टरलक व्यवसायको अवस्था, परेको प्रभाव तथा चुनौति तथा सरकारी निकायसँग व्यवसायिको अपेक्षाको बारेमा वल्क तथा कंक्रिट उद्योग व्यवसायि संघका अध्यक्ष भैरवबहादुर प्याकुरेलले प्रकाश पार्नु भएको थियो ।

ईन्टरलक प्रविधिमा ईसिमोडको सहयोगमा विदुर नगरपालिका वडा नम्बर ६ र १२ मा भएको ढुंगेनटार परियोजना अन्तर्गत ९६ सामुदायिक भवनहरु निर्माण भएका छन् । त्यस्तै, अक्सफामको सहयोगमा सहायता सामाजिक संस्था, कार्डसन, तथा केसिडिसिमार्फत् विदुर नपाको जफति, किस्पाङ गापाको शान्तिबजार, म्यागङ गापाको किम्ताङ, सुर्यगढि गापाको हल्दे, तादि गापाको खरानिटार, दुप्चेश्वर गापाको राउतबेंसी लगायतका क्षेत्रमा भुःकम्प प्रभावितका लागि एकिकृत वस्ति निर्माणमा भइसकेको छ ।

ईन्टरलक प्रविधिको प्रयोगका लागि केन्द्रस्तरको सरकारीतहबाट सबै  किसिमका निर्णय भई यस प्रविधिको प्रयोगका लागि डकर्मि उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट पाठ्यक्रम तयार भईसकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top