+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई र जनता बैंककोबाट सुरु भयो ‘बिग मर्जर’, आकारसँगै दायित्व पनि बढ्यो

global ime bank merge
डबली खबर
६ साल अगाडी

विदुर – ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर पछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । चुक्ता पुँजी, निक्षेप सङ्कलन, ऋण लगानीलगायतमा बैंक देशकै ठूलो बैंक बनेको छ।

एकिकृत कारोबार कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रिय बैंकले लिएको नीतिलाई आत्मसाथ गर्दै छोटो समयकै दूई ठूला बैंकहरु एक आपसमा मर्ज भई एकिकृत कारोबार गर्न सफल भएको बताउनुभयो।

हाल बैंकको ८४० वटा शाखा संजाल, करिव १९ अर्ब रुपैयाँ चुक्ता पूँजी, ३ हजार संस्थापक सेयरधनी, ३ लाख ५० हजारभन्दा बढि सर्वसाधारण सेयरधनी र २० लाखभन्दा बढि ग्राहक रहेको जानकारी दिँदै सोही अनुरुप दायित्व पनि बढेको बताए । यसैगरी बैंकको निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा प्रबाह १ खर्ब ९४ करोड रुपैयाँ पुगेको छ । मर्जसँगै बैंकको शाखा तथा शाखारहित बैंकिड सेवाको सङ्ख्या ८ सय ४० र २ सय ५९ एटिएम पुगेको छ।

बैंकमा अहिलेसम्म १८ वटा वित्तीय संस्था मर्ज भएका छन्। मर्जपछि बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र बैंकको सिइओमा पशुराम कुवँर क्षेत्री रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ