२०८१, १५ बैशाख शनिबार

लिखुमा सुविधा सामुदायिक स्वास्थ्य इकाई

    कार्तिक २७ २०७६ १३:२८

health post likhu rural municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भरत सन्तोषी / लिखु, नुवाकोट – आधारभूत स्वास्थ्य तथा सरसफाई इकाई अन्तर्गत बितलबमा सुविधा सामुदायिक स्वास्थ्य इकाई आजबाट सञ्चालनमा आएको छ। लिखु गाउँपालिकाको सामाजिक विकास शाखाको मातहतमा रहनेछ ।

इकाईको उद्घाटन गर्नुहुँदै लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले स्वास्थ्य जस्तो आमनागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिषयमा पालिकाबाट बिनियोजन बजेटको योजनातर्जुमामा कन्जुस्याइँ नहुने बताउनुभयो ।

सामुदायिक स्वास्थ्य निर्माणका लागि जग्गादाता भगवती पाण्डेले लाखौंको जग्गादानको योगदानबाट थप उपलब्धिको लागि सबैजना लागिपर्न लिखु गापा-६ का वडाध्यक्ष हरिशरण लामिछानेले अनुरोध गर्नुभयो ।

कार्यक्रममा जग्गादाता तथा स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेले पालिकाको बिच भूभागमा रहेको यस स्वास्थ्य कार्यालयलाई पालिकाकै बर्थीङ सेन्टरको रुपमा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top