२०८१, १४ बैशाख शुक्रबार

बट्टारको पाटी पुरानै शैलिमा पुननिर्माण हुने

    कार्तिक १७ २०७६ १३:२५

purano pati battar bazar bidur nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर  – विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो बजारमा रहेको ऐतिहासिक पाटी पुरातत्व विभागले पुननिर्माण गर्ने भएको छ ।

करिब ३ सय वर्षअघि निर्माण भएको सो पाटी विभागले हुबहु निर्माण गर्ने विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिनुभयो ।

मल्लकालमा निर्माण भएको सो पाटी निर्माणको लागि पुरातत्व विभागले ८० लाख रुपैयाँ बजेट तर्जुमा गरेकोमा त्यसमा निर्माण व्यवसायीले ५५ लाख रुपैयाँमै यसअघिको जस्तै मौलिक संरचना कायम गरेर बनाउन थालिएको हो । २०७२ सालको महाभुकम्पले ध्वस्त भएको पाटी यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने वडाअध्यक्ष श्रेष्ठले बताउनु भयो ।

विदुर नगरपालिकाले नगरक्षेत्रलाई सम्पदा शहरको रुपमा विकास गर्न लागिपरेको भन्दै यस वर्ष धेरै मात्रामा सम्पदा क्षेत्रमा बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

सो पाटीलाई पुरानै शैली तथा अवस्थामा निर्माणको लागि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विशेष पहल गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top