२०८१, १६ बैशाख आईतवार

मृतकका परिवारलाई रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दियो पाँच लाख रुपैंयाँ

    कार्तिक ४ २०७६ १०:४०

reliable life insurance company
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – रिलायन्स लाइफ इन्स्योरेन्स नुवाकोटले मृतकको परिवारलाई बीमा दावी वापतको ५ लाख हस्तान्तरण गरेको छ । कम्पनीले तारकेश्वर गाउँपालिका-५ का मृतक बीमित गोमा वस्तीको श्रीमान युवराज वस्तीलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

गोमाले आफ्नो सन्तान अनिश वस्तीको नाममा २०७५ पौष २० गते आफ्नो नाममा बिमा योजना गराएका थिए । गोमाको गत साउन ९ गते सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण निधन भएको थियो । वस्तीले रिलायन्स लाईफ ईन्स्योरेन्समा ५ लाख रुपिँयाको “मेरो मुटु बाल बिमा योजना” गरेका थिए ।

मृतक गोमा वस्ती आफ्नो छोराको उज्जवल भविष्यको लागि ५ लाख रुपैंया १५ वर्षे बिमा योजना गरीद गरेकोमा कम्पनिको नियमअनुसार मृत्युपछि सन्तानको भविष्यको लागि बिमा अवधिसम्म ईन्स्योरेन्सले विमाङ्क  रकमको १ प्रतिशत मासिक ५ हजार १५ वर्षसम्म बच्चाको शिक्षाको लागि उपलब्ध गराउने छ । त्यस्तै, बाँकी वार्षिक किस्ता कम्पनिबाट नै व्यहोर्ने र बिमा अवधिको समाप्तिपछि रु५ लाख तथा बोनस रकमसहित उपलब्ध गराउने छ ।

उक्त रकम कम्पनीका नुवाकोट शाखाका प्रवन्धक ध्रुवप्रसाद पुडासैनी, बजार व्यवस्थापाक सुरेश डंगोल र एजेन्सी व्यवस्थापाक गोविन्दप्रसाद भट्टले संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top