sujim bazar advert

मृतकका परिवारलाई रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दियो पाँच लाख रुपैंयाँ

    कार्तिक ४, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

reliable life insurance company
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

बट्टार – रिलायन्स लाइफ इन्स्योरेन्स नुवाकोटले मृतकको परिवारलाई बीमा दावी वापतको ५ लाख हस्तान्तरण गरेको छ । कम्पनीले तारकेश्वर गाउँपालिका-५ का मृतक बीमित गोमा वस्तीको श्रीमान युवराज वस्तीलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

गोमाले आफ्नो सन्तान अनिश वस्तीको नाममा २०७५ पौष २० गते आफ्नो नाममा बिमा योजना गराएका थिए । गोमाको गत साउन ९ गते सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण निधन भएको थियो । वस्तीले रिलायन्स लाईफ ईन्स्योरेन्समा ५ लाख रुपिँयाको “मेरो मुटु बाल बिमा योजना” गरेका थिए ।

मृतक गोमा वस्ती आफ्नो छोराको उज्जवल भविष्यको लागि ५ लाख रुपैंया १५ वर्षे बिमा योजना गरीद गरेकोमा कम्पनिको नियमअनुसार मृत्युपछि सन्तानको भविष्यको लागि बिमा अवधिसम्म ईन्स्योरेन्सले विमाङ्क  रकमको १ प्रतिशत मासिक ५ हजार १५ वर्षसम्म बच्चाको शिक्षाको लागि उपलब्ध गराउने छ । त्यस्तै, बाँकी वार्षिक किस्ता कम्पनिबाट नै व्यहोर्ने र बिमा अवधिको समाप्तिपछि रु५ लाख तथा बोनस रकमसहित उपलब्ध गराउने छ ।

उक्त रकम कम्पनीका नुवाकोट शाखाका प्रवन्धक ध्रुवप्रसाद पुडासैनी, बजार व्यवस्थापाक सुरेश डंगोल र एजेन्सी व्यवस्थापाक गोविन्दप्रसाद भट्टले संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top