२०८१, १३ बैशाख बिहीबार

बसले ठक्कर दिँदा बालकको मृत्यु

    आश्विन २९ २०७६ १६:१९

child death in bus accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटको विदुर नगरपालिका बट्टारमा बुधबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–५ गोर्स्याङ भन्ज्याङथोकका प्रताप तामाङका सात वर्षीय छोरा युनिक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा घटनास्थलमै ज्यान गएपछि आक्रोशित आफन्त र स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटपिट गरेका छन् । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

आक्रोशित भिडले बसमा ढुंगामुडा गरी क्षति पुर्याएको छ । बस जलाउने प्रयास गरेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले भिड नियन्त्रणको नाममा बसको सुरक्षालाई विशेष ध्यान दिएको र भिड नियन्त्रणको नाममा पिडितहरुलाई नै धरपकट गरेको मृतकका बुबा बाबु तामाङले बताउनुभयो ।

मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् ।

बस नुवाकोट त्रिशुलीबाट काठमाडौं जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top