२०७९, ३ जेष्ठ मंगलवार

नुवाकोटमा २ सय ४६ सवारीसाधन कारवाहीमा

    आश्विन २७ २०७६ १५:३९

traffic police action to public vehicles infographics data
nuwakot trishuli graphic web media service 2020

विदुर – ट्राफिक प्रहरी नुवाकोटले जिल्लाको विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरी विशेष चेकजाँच गरेकोमा २ सय ४६ सवारीसाधन कारवाहीमा परेका छन् ।

शनिबार र आईतबार चेकजाँचको क्रममा सवारीसाधनहरु कारवाहीमा परेको ट्राफिक प्रमुख भट्टराईले जानकारी दिए ।

त्यस्तै, क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने ३८, आईचर ट्रकमा यात्रु ओसारपसार गर्ने ५२, ट्राफिक नियम उल्लङ्‍घन गरी सवारी चलाउने १५६ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा परेको २ सय ४६ सवारीसाधनबाट १ लाख ७६ हजार ५ सय राजश्व सङ्कलन भएको छ ।

चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले कारवाही गरेको छ । यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने ३ वटा सवारीसाधनलाई कारवाही गरी भाडा फिर्ता गर्न लगाईएको छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top