sujim bazar advert

“कविताको नाममा धेरै शब्दहरुको हत्या गर्न नहुने”: महेश पौड्याल

    अशोज १३, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

mahesh poudyal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । नेपाली साहित्यका अभियन्ता तथा कवि महेश पौड्यालले कविताको नाममा धेरै शब्दहरुको हत्या गर्न नहुने र साङ्लोमा बाँधेर कवितालाई कुण्ठित गर्न नहुने बताएका छन् ।

सोमबार नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नुवाकोट साहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा पौड्यालले उक्त भनाई राखेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय अङ्ग्रेजी विभागमा प्राध्यापनरत पौड्यालले “शून्य प्रहरको साक्षी”को दोस्रो संस्करणको अन्तरसंवाद कार्यक्रममा भिड, सडकका आवाजलाई सृजनात्मक शैलीमा रचना ढाल्नुपर्ने बताए । कवितामा सिर्जनात्मक र राघात्मक हुनुपर्ने अन्यथा कविको सिर्जना हतारको साहित्यको रुपमा रहेको पत्रकारको समाचारमा फरक नहुने धारणा राखे ।

पौड्याल नेपाली र अङ्ग्रेजी साहित्यमा कलम चलाएका छन् भने समालोचनाको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन् । सङ्ग्रहमार्फत कविता लेखनको परम्परित ढाँचाभन्दा पृथक् धार प्रस्तुत गर्ने साहस गरेको वक्ताद्वय मुकुन्दराज अर्याल र रामप्रसाद चालिसे बताए । सङ्ग्रहमा समाज, देश, सामाजिक भोगाइ र संस्कृति मुख्य विषयवस्तु बनाइएका छन् । आख्यानको समिश्रणलाई जोड दिएको छोटा कविताको सङ्ग्रहका कविताहरु प्रायः कविता चार लाइनदेखि पाँच, छ लाइनमै सकिएका छन्, जुन आफैँमा नौलो प्रयोग हो । यी कवितालाई हेर्दा शब्दको थुप्रो मात्रै पनि कविता होइन रहेछ भन्ने एक प्रकारको विचार उत्पन्न हुन्छ ।

पूर्वीय र पश्चिमा दुवै दर्शनको प्रभाव रहे पनि कवि पौड्यालमा नेपाली सुगन्धको यथार्थ घनिभूत रूपमा रहेका कविद्वारा रचित कविता सङ्ग्रहको कविहरु जानुका दाहाल, राजकुमार आचार्य, श्रीधर पाण्डे, शिवसुन्दर पुडासैनी, भगवती लामा, तुलध्वज खतिवडाले वाचन गरेका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top