२०८१, १४ बैशाख शुक्रबार

यात्रु सहायता कक्ष सञ्चालन

    आश्विन १२ २०७६ २२:४९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । बडा दशैं तथा तिहारलाई लक्षित गर्दै विदुर नगरपालिका-४ बट्टार बसपार्कमा यात्रुहरुको सहायताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।

चाडपर्वमा सवारीसाधानहरुमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कार्यहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक सवारीसाधनहरुमा भाडादरको सूची अनिवार्य राख्नु पर्ने र कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गरिने काफ्लेले चेतावनी दिएका छन् ।

नुवाकोटमा टिमुरे यातायात, पासाङल्हामु यातायात, केरुङ यातायात, नेपाल माईक्रोबस, टाटा सुमो, नगरबस लगायतका सार्वजनिक सवारीसाधनहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top