विदुर । उत्तरगया दैनिकका प्रकाशक एवम् सम्पादक शिव देवकोटा सम्मानित भएका छन् ।
पत्रकारिता मार्फत् सुशासन प्रबर्द्धन र नागरिक अधिकार लागि योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो । उनी नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हुन् ।
आज सामुदायिक विकास केन्द्र नेपालको ११ औं वार्षिक साधारणसभाको अवसरमा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरे ।
कार्यक्रममा महतले मुलुकमा संविधानले अपरीवर्तनीय मानेको व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन र मानवअधिकारबाट नागरिकलाई बञ्चित गर्ने दुष्प्रयास भईरहेकाले नागरिक अधिकारहरुको रक्षाका लागि सामाजिक संस्थाहरुले समेत पैरवी गर्नुपर्नेमा जोेड दिए ।

प्रतिक्रिया