२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

बेलकोटमा सामूहिक जमरा

    आश्विन १२ २०७६ १९:३३

jamara belkotgadhi municipality office
pratik book and stationery center in nuwakot

बेलकोटगढी । बडा दशैंको घटस्थापनाको दिन आज नुवाकोटको बेलकोटगढी नगरपालिकाको निरञ्जना भगवती मन्दिरमा सामूहिक जमरा राखिएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको सो मन्दिरमा गाउँका ३२ परिवार दलितसहित २ सय ३५ परिवारले घटस्थापना गरी सामूहिक जमरा राखेका हुन् । बडादशैंमा काठमाडौं हनुमानढोकाको बैदिक विधि अनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको स्थानीयबासीहरु बताउँछन् ।

नेपाल एकीकरणको क्रममा विसं १८०१ मा नुवाकोट विजयी भएपछि पृथ्वीनारायण शाहले सामूहिक मन्दिरमा सामूहिक जमरा राखी राष्ट्रिय एकताको सन्देश दिएको स्थानीय बुढापाकाहरुको भनाई छ । सो बेलादेखि चलेको यस्तो चलनले अहिले पनि निरन्तरता पाइरहेको मन्दिरका पुरोहित नरनाथ पौडेलले बताए । सामूहिक जमराले गाउंमा छुवाछुत प्रथा बिरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको सामूहिक जमरा राख्नुभएका भीमबहादुर नेपालीको भनाई छ । यहाँ विश्वकर्मा, मिजार, नेपाली लगायतका दलित समुदायले पनि पुस्तौदेखि जमरा राख्दै आएको मन्दिरका उपासे मानबहादुर रामनामगरले बताए । मन्दिरमा दलित गैरदलित भनेर भेदभाव नहुने गरेके मन्दिरका पुजारी महेश पौडेलले बताए । मन्दिरसँगै रहेको कोतघरमा गाउँलेहरुले सामूहिक जमरा राखेको निरञ्जना भगवती गढी क्षेत्र विकास समितिका अध्यक्ष कालिबहादुर तिवारीले बताए ।

मन्दिरमा सामूहिक जमरा राख्नेदेखि पुजा सञ्चालनका लागी गुठीको ब्यवस्था भएपनि मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेपछि परम्परा धान्न बेलकोटगढी नगरपालिकाले यस वर्ष दुई लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए ।

नुवाकोट, रसुवा र धादिङका नौ कोटमध्ये बेलकोटगढी एक महत्वपूर्ण कोटको रुपमा महत्वपूर्ण मानिन्छ । निरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठको रुपमा समेत परिचित छ । यस्तै नुवाकोटकै भैरवी मन्दिरस्थित दशैं घरमा पनि आज विधिपूर्वक जमरा राखिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top