+
Search

ताजा अपडेट +

पपुलर +

अन्तराष्ट्रिय सूचनामा बिश्वब्यापी पहुँच दिवसमा अन्तरक्रिया

rti interaction program dharvendra jha tws dabalikhabar
डबली खबर
६ साल अगाडी

विदुर । अन्तराष्ट्रिय सूचनामा बिश्वब्यापी पहुँच दिवसको अवसर पारेर आज नुवाकोटमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपालमा भने सूचनाको हकसम्बन्धी ऐन जारी भएको दिनलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ। २०६४ सालको भदौ ३ गते यो ऐन लागू भएको थियो।

जिल्ला प्रशासनले आयोजना गरेको सरकारी कार्यालय र स्थानीयतहका सूचना अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा नागरिकको सूचनाको हक सम्बन्धी सिद्धान्त, अन्तर्राष्ट्रिय ईतिहास, सूचना हकको कार्यन्वयन, आन्तरिक तथा बाह्रय प्रवाह, सूचना अधिकारीको दायित्व र अधिकार लगायतको प्रस्तुतिकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय  अध्यक्ष पत्रकार धर्मेन्द्र झाले गरे । उनले नेपालमा सूचनाको हकको व्यवहारिक कार्यान्वयन नभएको भन्दै सहभागी जिल्लास्थित सूचना अधिकारीहरुलाई नागरिकप्रतिको दायित्वबोध गर्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ लगायतले सूचनाको हक कार्यान्वयनले समुन्नत समाज निर्माणको आधार तयार गर्ने भएकाले जिल्लास्थित सबै सार्वजनिक निकायहरुलाई प्रतिबद्ध भई हुनुपर्ने धारणा व्यक्त गरे ।

सप्ताहव्यापी दिवस मनाउने अभियान अन्तर्गत नुवाकोटमा सामुदायिक बिकास केन्द्रको सहयोगमा भएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ