२०८१, १३ बैशाख बिहीबार

टिमुरे यातायातको सेवा विस्तार हुँदै

    आश्विन ९ २०७६ ११:३५

pokhara timure dhunge trishuli nuwakot dabalikhabar tws trishuli web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । टिमुरे यातायातले यहि असोज १२ गतेदेखि धुञ्चे-नुवाकोट-पोखरा यातायात सेवा सञ्चालनमा ल्याउने भएको छ ।

टिमुरे यातायात र पृथ्वी यातायातले संयुक्त रुपमा धुञ्चे-नुवाकोट-पोखरा दैनिक नियमित यातायात सेवा सञ्चालनमा ल्याउन लागेको टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले जानकारी दिएका छन् । चाडपर्वलाई मध्यनजर गर्दै आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो  ।

यातायतको टिकट बुकिङको लागि अनलाईन गेटवे खल्ती वालेट, ई-सेवा र बस सेवा मार्फत् पनि काट्न सकिने जोशीले जानकारी दिए । दशैँको लागि अग्रिम बुकिङ भोलि असोज १० गतेदेखि मात्र खुल्ला गर्ने जनाएको छ ।

टिमुरे यातायातले “भरपर्दो, सुरक्षित र आरामदायी यात्रा-हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित २०७५ असोज २६ गतेबाट आफ्नो सेवा सुरु गरेको थियो । यातायातले टिमुरे, त्रिशुली, पार्टीखर्क, टिकादुङ, काठमाडौं लगायतका स्थानसम्म आफ्नो सेवा दिँदै आईरहेको छ । यातायातले टिकट काट्नको लागि काउन्टर त्रिशुली, बट्टार, देविघाट, स्याफ्रुबेँसी, काठमाण्डौको माछापोखरीमा राखिएको जनाएको छ ।

यातायातको नुवाकोटको विदुर नगरपालिका-१, त्रिशुली बजारमा मुख्य कार्यालय रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top