+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवसमा नुवाकोटको रौनकता (फोटो फिचर)

डबली खबर
६ साल अगाडी

विदुर । सांसद बहादुर लामाले संविधान कार्यान्वयनमा प्रतिपक्षकाे अहम भूमिका हुने बताएका छन्।

चौथौं संविधान दिवसको अवसरमा नुवाकोटको विदुरमा आयोजित समारोहमा लामाले विना स्रोत राजनीति गर्न नसक्ने भएकोले आर्थिक सम्पन्न भएको व्यक्तिले राजनीति गरे भ्रस्टाचार नहुने धारणा राखे । विभादित विधेयक संविधानकाे मर्म विपरित रहेकाेले सरकारले सबैलाई समान रूपमा हेरिनुपर्ने बताए । सरकारकाे कमिकमजोरीलाई प्रतिपक्षले विराेध गरे ठिक बाटाेमा आउने भएकोले सरकार चुक्न नहुने बताए ।

आज बिहान विदुर नगरपालिका-१ को त्रिशुलीबजारदेखि विदुर सदमुकामसम्म प्रभातफेरी गरि संबिधान दिवस मनाएका थिए । उक्त अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मार्चपास पनि गरे।

समारोहमा सांसद जीवन डंगाेलले सहिदकाे सपना साकार पुरा गर्नुपर्ने भएकाेले दलिय स्वार्थ भन्दा रहेर संविधानको पालना गर्नुपर्ने बताए । संविधान पानामात्र लेखेर मात्र पुरा नहुने र त्यसको कार्यन्वयन नगरे कागजकाे खाेस्टा मात्र सिमित रहने बताए । नियत र नियतिकाे खेलले जाेकाेहिलाई पनि सडक र सदनमा पुर्याउने भएकोले सरकारले बाटो नबिराई सहि मार्गमा हिड्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी द्राेण पाेखरेलले संविधानसभाबाट निर्मित संविधान जारी भएसँगै जनतामा निहित सार्वभौमसत्ता थप सुदृढ भएको बताए ।

नेपाल सरकारका विभिन्न सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दलका नेता, शिक्षक-शिक्षिका, विद्यार्थी, नागरिक समाजको उपस्थिति रहेको कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले संबिधानको मर्म बमोजिम सरकारका हरेक कार्यहरुको पक्ष र विपक्षिले अन्तर्क्रिया नगरे नागरिकले सुचिचित हुन बन्चित हुने धारणा राखे । अहिले समाजमा जतिपनि असन्तुष्टि व्यक्त भइरहेको छ त्यसलाई श्रवण गरि कार्यन्वयन गर्नुपर्ने बताए । अहिलेको परिस्थितिमा समाज केहि नकरात्मक भए सिधै संविधान, सरकार, जनप्मारतिनिधिसँग ठोकिने नागरिकहरुको आकांक्षाहरुलाई नागरिकलाई सुसूचित गर्न नसकेको सत्ता पक्ष र विपक्षको कमजोरी रहेको बताए ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले संविधानकाे संरक्षण गर्न सकेमात्र आज प्रतिपक्षमा रहेकाे दलले भाेलि पछुताउन नपर्ने बताए ।

नेकपाका नेता बुद्धिबहादुर प्रधानले सहमतकाे संविधानमा आलोचना गर्ने प्रवृत्ति प्रतिपक्षको रहेको बताए ।

नेपाली काँग्रेसका नेता सुरेन्द्रराज अधिकारीले नागरिकहरुले स्वतन्त्रताकाे रूपमा कार्य गर्न नसकेकाे र मौलिक हकलाई कुण्ठित गरेकाे बताए । सरकारले शक्ति सन्तुलनमा खलबलाउने परिस्थित सिर्जना गरेको बताए ।

संबिधानको अवसरमा हिजो नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबलमा विजयी र उपविजयीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । कर्मचारी समूह ५-२ गोल अन्तरले विजयी भएका थिए ।

त्यस्तै, संबिधानको अवसरमा माध्यमिकस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम प्रगतिशील मावि, द्वितीय हुने द्वयमा सहिद जगत जंग प्रकाश संस्कृत मावि र सेतीदेवी मावि र तृतीय हुने पृथ्वी माविलाई नगद रु क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद राशी सहित प्रमाणपत्र प्रदान गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ