+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रहरीको क्युआरटि गस्ती सुरु (भिडियोसहित)

डबली खबर
६ साल अगाडी

विदुर । दशै, तिहार र छठलाई मध्यनजर गर्दै नुवाकोट प्रहरीले आजदेखि आश्विन मसान्तसम्मको लागि मोटरसाइकल गस्ती (क्वीक रेस्पोन्स टिम -क्युआरटि) सुरु गरेको छ ।

गस्ती समुहले नुवाकोट जिल्लाको विभिन्न स्थानहरुमा गस्ती गरी सुरक्षा प्रदान गरिने जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

चाडपर्वमा कुनै पनि मानवीय दुर्घटना हुन नदिन तथा दुर्घटना न्यूनीकरणको लागि गस्तीले निगरानी गर्नेछ । क्युआरटिको हरेक मोटरसाइकलमा २/२ जना रहेको छ ।

कार्यालयले गस्तीसँगै दशै–तिहार सुरक्षामा मोबाईल गस्ती २, मातहतबाट मोबाईल गस्ती ३, पैदल गस्ती ३४, सादा पोसाक परिचालन १०, चेकिङ ८ स्थानहरुमा, सरप्राइज चेकिङ ४ र भिगरस चेकिङ १ परिचालन हुनेछ । त्यस्तै अवस्था हेरेर प्रहरीले मोटरसाइकल, मोटरबाट गस्ती गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ