२०८१, १५ बैशाख शनिबार

पूर्ण सरसफाइ कार्यक्रम परियोजना सुरु

    भाद्र ३० २०७६ ०५:२४

dwash-cc nuwakot post program meeting
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । आज विदुरमा खुला दिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बैठक एवम् पूर्ण सरसफाइ सम्वन्धि अन्तर्क्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले वातावरण मानवीय तथा अमानवीयतवरले दुषित भइरहेको हुनाले स्थानीयतहलाई सहभागी गराएर पूर्ण सरसफाइ कार्यक्रममा लाग्न निर्देशन गरिने बताए । जिल्लास्थित सम्बन्धित सरोकारवालाहरुले पूर्ण सरसफाइ कार्यक्रममा समानुपातिक ढंगले कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सरसफाई क्षेत्रमा राजनीतिकरण नगर्न सबैलाई अनुरोध गरे ।

जिल्लाको ११ वडामा परियोजना कार्यक्रम रहेको जसमा नगरपालिका १ र दुई गाउँपालिका रहेको छ । विदुर नगरपालिका वडा नं १, २, ४ र ७, किस्पाङ्ग गाँउपालिका वडा नं २, ३ र ५ र लिखु गाँउपालिका वडा नं १, ४, ५ र ६ कार्यक्रमको कुल अनुमानित लागत रु. ८८ लाख ५३ हजार ८ सय ५० रहेको जिल्ला कार्यक्रम संयोजक निमेश बोगटीले जानकारी दिएको छ ।

परियोजनाका हरेक वडामा १ नमुना समुदाय र १ नमुना विद्यालय छनौट गरिने छ । नमुना समुदायमा रहेका प्रत्येक घर दुरीको जिपिएस लोकेसन, अडियो, भिडियो र तस्विर रेकर्ड गरि अनुगमन गरिने भएको छ ।

गत बर्ष २०७५ असार २८ गतेका दिन नुवाकोट जिल्लालाई “ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान” भन्ने नाराको साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । संघीय समायोजनको कारण उक्त घोषणा पश्चात् जिल्लामा कुनै किसिमका कार्यक्रमहरु भएको थिएन ।

परियोजना कस्तो छ?

उदेश्य

महिला, किशोरीहरु र जोखिमपुर्ण अवस्थाका समुदाय लाई विशेष ध्यान दिँदै पूर्ण सरसफाई कार्यक्रमलाई जिल्ला तथा पालिकामा संस्थागत गर्ने परियोजनाको उदेश्य रहेको छ ।

अपेक्षित उपलब्धि

खुला दिसामुक्त समुदायलाई दिगोपना प्रदान गर्ने, पूर्ण सरसफाइ कार्यक्रम हासिल गर्नका लागि रणनीति तथा कार्ययोजना तयार र कार्यान्वयन गर्ने, राजनितिक तथा आर्थिक प्रतिबद्धता, समन्वय, क्षमता विकास तथा सिकाइ  लगायतका परियोजनाको अपेक्षित उपलब्धि रहेको छ ।

क्षेत्र

परियोजना क्षेत्र छनौटका आधारहरुमा अन्तराष्ट्रिय राजमार्गका क्षेत्र, सहरी सरसफाइ प्रबद्र्धन हुने क्षेत्र, त्रिशुली नदी स्वच्छता अभियान,
मध्यपहाडी लोकमार्ग र राजधानी प्रवेश नाका, ग्रामिण क्षेत्रमा सरसफाइ प्रवर्धन, खुला दिसामुक्त क्षेत्र घोषणा अभियानमा कार्यगत क्षेत्र र
कार्यक्रमको जिल्लामा समग्र प्रभाव र कार्यक्रम विस्तार गर्न सहज हुने क्षेत्र रहेको छ ।

दातृ संस्था

युएन ह्याबिटाटको सहयोगार्थ खुला दिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रमको अवधि १ वर्ष (आगामी वर्ष २०७७ असार ४ गतेसम्म) रहेको जनाएको छ ।

स्थापना र प्रवर्धन

परियोजनाले बालक्लबको स्थापना र प्रवर्धन, वडास्तरिय वाससिसी तथा टास्क फोर्सको गठन/पुर्नगठन तथा सवलिकरण, नमूना सुमदायको स्थापना र प्रवर्धन, क्षमता विकास र प्रवर्धन गर्ने रहेको छ ।

सहजीकरण

पुनर्जागरण समाज नेपाल र डिकोन नेपालले परियोजनामा सहजीकरण गर्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top