२०८१, १२ बैशाख बुधबार

आज इन्द्रजात्राको अन्तिम दिन, नेपालमा २९ बज्ने

    भाद्र ३१ २०७६ ११:२१

indra jatra first day 2076
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । आज इन्द्रजात्राको अन्तिम दिन। राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले पठाएको साइतको सूची अनुसार नेपालमा आज २९ पनि बज्ने तर्क गरेका छन् ।

साइतमा लेखिएको थियो “इन्द्रध्वज पातन – मिति २०७६ साल भाद्र ३१ गते मंगलबार समयः २९: ३५ बजे”, सामान्यतया बिहानको हो कि रातिको छुट्याउनका लागि १२ बजिसकेपछि १ नबजाई १३ बजाउने गरिन्छ । यही क्रमले २१, २२, २३ (अर्थात् रातिको ९, १० र ११) बजिसकेपछि कति बज्छ? घडीहरुमा ०० बनाइन्छ । लेख्दा २४ पनि लेख्ने चलन छ । त्यसपछिको अर्को घण्टा भने ०१ बज्छ। त्यसैले २५ बज्दैन सामान्यतया ।

saait indra jatra nepal 2076

तर पञ्चाङ्ग निर्णायक समितिले भने ज्योतिष विज्ञानमा २४ भन्दा माथि पनि समय हुने तर्क गरेका छन् । सूर्य उदय नभएसम्म त्यही दिन रहने तर्क रहेको समितले जनाएको छ ।

त्यसैले आज अर्थात् भदौ ३१ गते घडीले मध्यरात १२ बजेसम्म मात्र हुने र १२ बजेर १ मिनेट जाँदादेखि असोज १ गते लाग्ने भए पनि ज्योतिष विज्ञान अनुसार सूर्य बिहान ५ बजेर ५० मिनेटमा नउदाएसम्म त्यही दिन रहने उल्लेख गरिएको छ ।

खासमा यःसिं ढाल्नका लागि धरणी नक्षत्र चाहिने रहेछ। तर भदौ ३१ गतेको रात अश्विनी नक्षत्र हुन्छ। नक्षत्र नमिलेकोले यसपटक बिहानको साइत जुरेको हो ।

-माईसंसारमा आधारित

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top