२०८०, १६ चैत्र शुक्रबार

“होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ?”: अध्यक्ष उप्रेति

    भाद्र २८ २०७६ १३:१५

santosh upreti province 3 president of hotel and tourism association nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ ३ नम्बर प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले सरकारले होटल व्यवसायीलाई करको भार थोपारेको बताएका छन् ।

रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनको रुपमा उद्घाटन समारोहमा बोल्दै सन्तोष उप्रतिले उक्त भनाइ राखेका हुन् । उनले “होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ?” भनेर प्रश्न गरेका छन् । प्रश्नसँगै कर तिरे बापत् होटल तथा पर्यटन व्यवसायीले राज्यले सेवा र सुविधा पनि प्रदान गरिनुपर्ने बताए । उनले राज्यको नजरमा ठूला होटलहरु मात्र परेको र साना होटललाई ओझेलमा पर्न खोजिएको प्रति आपत्ति जनाए । उनले नेपालमा आउने अधिकाशं पर्यटक साना होटलमा बस्ने हुँदा राज्यले साना होटलहरुको स्तरोन्नति र उचित तालिमको व्यवस्था लगायतको कार्यक्रम ल्याउनुपर्ने बताए । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न होटल तथा पर्यटन व्यवसायी लागि परेको बताउँदै साना तथा मझौला होटलहरुमा पर्यटक बस्ने वातावरण बनाउन सरकारले होटल व्यवसायीहरुसँग सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमूख रमेशकुमार बस्नेतले जिल्लामा पर्यटकीयस्थलको अभावलाई आगामी कार्य योजनामा निर्माण गरिने बताए । करिब १० महिना गर्मि हुने जिल्ला भएकाले पर्यटकको बसाई लम्बाउने र आर्कषित गर्न एक पौडीपोखरी निमार्ण गरिने बताए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ २ नम्बर प्रदेशका वरिष्ठ उपाध्यक्ष उदय सापकोटाले पर्यटक आउने समयमा होटल बन्द गर्नुपर्ने, व्यवसायीबाट चर्को कर उठाउने नीति तत्काल बन्द गर्नुपर्ने बताए ।

रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शोखरमान श्रेष्ठले होटलमा आउने होटल व्यवसाय पहिलेको भन्दा फरक भएकोले पाहुनाहरुलाई स्वागत, सत्कार गरिने परम्परालाई कार्यन्वयन ल्याउनुपर्ने बताए ।

रामेछाप होटलको अध्यक्षमा पुन: शोखरमान श्रेष्ठ

Image may contain: 19 people, people smiling, people standing

रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको पहिलो अधिवेशनबाट अध्यक्ष पदमा शोखरमान श्रेष्ठ सर्वसम्मत पुन:निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार कार्की, प्रथम उपाध्यक्षमा र्दोजे लमा, द्वितिय उपाध्यक्षमा दिनेश श्रेष्ठ, महासचिव सुदिप देवकोटा, सचिव अनिल खत्री, कोषाध्यक्ष कविन्द्र लामा, सहकोषाध्यक्षमा कृष्ण चौंलागाई चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नमराज श्रेष्ठ, होल्बु शोर्पा, सर्वदा श्रेष्ठ, देवकी श्रेष्ठ, राजु बस्नेत, राजकुमार मोक्तान, बसुन्धरा श्रेष्ठ, प्रेमरवण श्रेष्ठ, तेन्दुछिरि लामा, मेनुका महत, रविनद्र तामाङ रहेका छन् ।

 

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top