२०८१, ७ बैशाख शुक्रबार

सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

    भाद्र २६ २०७६ १४:२०

7th furniture and furnishing expo 2019
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो काठमाडौंमा बुधबारदेखि  सुरु भएको छ । एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भएको एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए ।

मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो ।

विगत वर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top