२०८१, १९ बैशाख बुधबार

नुवाकोट प्रहरीले शुरु गर्‍यो गाँजा फँडानी अभियान, १९ सय ५० बोट गाँजा नष्ट

    भाद्र २६ २०७६ १२:५८

ganja kheti nuwakot trishuli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला नुवाकोट जिल्ला प्रहरी कार्यालयले गाँजाखेती फँडानी गरी नष्ट गरेको छ ।

गाँजा फँडानी अभियान अन्तर्गत अपराध न्यूनीकरणका लागि विदुर नगरपालिका-१० दारेगौंडामा १५ सय बोट गाँजा प्रहरीले फँडानी गरी नष्ट गरेको प्रहरी प्रमुख अबि नारायण काफ्ले जानकारी दिएका छन् । त्यस्तै, बेलकोटगढ़ी नगरपालिका-६ महादेव खड्कागाउँमा २ सय बोट र शिवपुरी गाउँपालिका-६ सुईरेचौरमा २ सय ५० बोट गाँजा नष्ट गरेको   छ ।

गाँजा फँडानीलाई सहयोग गर्न स्थानीयतहका जनप्रतिनिधि समेत सक्रिय रुपमा लागेका छन् । नजिकिदैं गरेको हिन्दुहरुको महान् चाडपर्वलाई लक्षित गर्दै तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा जनचेतना जगाउने उद्देश्यका साथ उक्त अभियान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top