२०८०, १६ चैत्र शुक्रबार

शिक्षा पुरस्कार २०७६ बाट राउत पुरस्कृत हुने, देशभरबाट ८३ शिक्षक पुरस्कृत

    भाद्र २३ २०७६ १८:१३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । शिक्षा पुरस्कार २०७६ बाट विदुर नगरपालिका-१ त्रिशुलीमा रहेको त्रिभूवन त्रिशूली माविका प्रधानाध्यापक महेन्द्र राउत पुरस्कृत हुने भएका छन् ।

४०औं शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राउत मावि प्रधानाध्यापकबाट पुरस्कृत हुने भएका हुन्  । दिवसका राउतसहित ८३ जना शिक्षकलाई पुरस्कृत हुने भएका छन् ।

शिक्षा मन्त्रालयले दिवसका अवसरमा देशका विभिन्न जिल्लाबाट सिफारिस भई आएको आधारमा उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा सचिव महेशप्रसाद दहालले जानकारी दिएका छन्।

योग्य व्यक्तिभन्दा दलगत आवद्धताका आधारमा शिक्षक छनौट हुने क्रम बढेको भन्दै आलोचना भए पछि तीन बर्ष अघि हटाईएको शिक्षकलाई पुरस्कृत गर्ने क्रम शिक्षकका नेताहरुको तिव्र दवाव पछि यसबर्षबाट फेरी शुरु भएको हो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top