२०८१, १३ बैशाख बिहीबार

तादी गापामा ६ घर उच्च जोखिममा

    भाद्र १५ २०७६ १३:४७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । शनिबार गएराती परेको अविरल बर्षाको कारणले तादी गाउँपालिकाको छ घर उच्च जोखिममा परेको छ ।

पालिकाको वडा नम्बर ३ कोष्टगाडे रहेको खहरेखोलामा आएको बाढीको कारण छ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

बाढीले स्थानीय श्यामबहादुर थापा र सोमनाथ सापकोटाको घर उच्च जोखिममा रहेको छ । थापाको गोठ बगाएको छ भने सापकोटाको धान कुट्ने मिल, एक गाईसँगै गोठ बगाएको छ ।

यस्तै बाढीले हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती, शिब दाहाल, कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित, कृष्ण प्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापाको खेत बगाएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top