२०८१, १३ बैशाख बिहीबार

माविस्तरीय शिक्षक दरबन्दीले अभिभावक त्रसित

    भाद्र १ २०७६ १८:२१

mayor sanju pandit discussion with parent of prithvi secondary school bidur nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट जिल्लाको सामुदायिक विद्यालयको नमुना विद्यालयको रुपमा पृथ्वी माध्यमिक विद्यालयममा शिक्षक दरबन्दीले अभिभावक त्रसित बनेको छ ।

विद्यालयमा प्राध्यानापक हेरफेर नभई माविस्तरको दरबन्दी मात्र गर्न लागिएको हो ।

माविस्तरीय शिक्षकको दरबन्दी हेरफेरले विद्यालयको पठनपाठनमा असर पुग्न गएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक समुहले आज कार्यपालिकाको कार्यालयमै गएर नगरप्रमुख सञ्जु पण्डितलाई ध्यानाकर्षण गराएको छ । शिक्षकको दरबन्दीले गत शुक्रबारदेखि विद्यालयको पठनपाठनमा असर पुगेको र आफ्ना बालबालिकाको मनस्थितिमा असर पुगेको भन्दै ध्यानाकर्षण गराएको हो ।

आक्रोशित अभिभावकको समुहलाई सम्बोधन गर्दै नगरप्रमुख पण्डितले विद्यालयमा प्राध्यानापक हेरफेर नभई माविस्तरको दरबन्दी मात्र पठाएको जानकारी गराए । हाल विद्यालयमा एक मात्र प्राविस्तरीय दरबन्दी शिक्षक रहेको रहेको छ । जिल्लाकै नमुना विद्यालय स्थापित रहेकोले अझ गुणस्तरीय शिक्षाको प्रदानको लागि माविस्तरीय दरबन्दीको शिक्षक पूर्ति गराउन लागिएको हो । बैठकमा विद्यालय व्यवस्थापनको कुनै पनि सदस्यको सहभागिता नरहेकोले विद्यालय व्यवस्थापनले विद्यालयमा माविस्तरीय शिक्षकको माग नभएको नगरलाई पत्राचार गरेमा उक्त निर्णय संशोधन गरिने नगरप्रमुख पण्डितले बताए ।

नगरका उपप्रमुख गीताकुमारी दाहालले विद्यालयको गुणस्तरीय शिक्षा र दरबन्दी शिक्षकको मागलाई पूर्ति गर्न मात्र नगरपालिकाले भैरुम माविका शिक्षक तारा श्रेष्ठलाई पठाउन लागेको बताए । साथै विद्यालयको भौतिक पूर्वाधार विकासको लागि सदा नगरपालिका तत्पर रहेको बताए ।

नगरका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईंले विद्यालय अर्ध सरकारी तवरले संचालनमा रहेको हुनाले प्रावि र माविमा अध्ययनरत विद्यार्थीहरुले केहि शुल्क तिरिरहेको जनाए । माविस्तरीय शिक्षक दरबन्दीको साथै नीतिगत रुपमा माविस्तरीय सेवा सुविधा थप गरिंदै लैजाने चापागाईंले बताए ।

विद्यालयमा प्रावि दरबन्दी मात्र रहेकोले माविस्तरको शिक्षक दरबन्दी पूर्ति हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी डबली खबरलाई दिएका छन् । हाल विद्यालयमा प्राथमिकतहका ६ जना शिक्षकले माविस्तरको अध्यापन गराई रहेका छन् ।

शिक्षक दरबन्दीको कारणले विद्यालयको पठनपाठनलाई कमजोर पार्ने भएको भन्दै अभिभावकहरु नगरपालिकासँग रुष्ट भएका छन् । नमुना विद्यालयको रुपमा स्थापित विद्यालय भएर नै आफ्नो बालबालिका निजि विद्यालयबाट झिकेर पृथ्वी माविमा भर्ना गरेको बैठकमा सहभागी अभिभावकहरुले बताए ।

नगरपालिकाले शिक्षक दरबन्दीको निर्णयले बालबालिकाको भविष्य, मनस्थिति र शिक्षामा दखल पुर्‍याएको अभिभावकहरुले बताएका छन् । साथै राजनीतिक आक्षेपका आधारमा शिक्षालाई नधमिलाउन अनुरोध गरेका छन् । मागलाई सम्बोधन नभए भैपरि आउने सामनासँग जुध्न तम्तयार रहेको ध्यानाकर्षणको निर्णयमा उल्लेख गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top