२०८१, २३ बैशाख आईतवार

फोनिजको २०औं स्थापना दिवस: मातृभाषा पुस्तामा हस्तान्तरण हुनुपर्ने जोड

    श्रावण २७ २०७६ ११:३०

20th anniversary fonij nuwakot interaction program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज)को २०औं स्थापना दिवसको अवसरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया भएको छ । कार्यक्रममा पुस्ता हस्तान्तरणसँगै जातीय समुदायको मातृभाषा पनि हस्तान्तरणमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जनजाति तथा गैर-जनजाति समुदायले पहिचानको लागि आफ्नो भाषाको प्रयोग व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गरे । धर्म, कला, संस्कृतिको विकाससँगै जातीय भाषा लोपोन्मुख हुँदै गईरहेको बताए । समुदायको भाषा सम्बर्द्धन र विकासको लागि राज्यले संरक्षण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नुवाकोटमा जनजाति समुदायका पत्रकारिताको सक्रियतासँगै भाषागत रुपमा पनि श्रव्यदृश्यसहितको समाचार सम्प्रेषण गर्न र गराउनुपर्ने बताए । भौगोलिक परिवेश अनुसार जातीयको आधारमा फरक फरक भाषा हुने भएकोले मिडियाकर्मीहरुलाई थप चुनौती रहेको अध्यक्ष खनालले धारणा व्यक्त गरेका छन् ।

कार्यकममा फोनिज जिल्ला शाखा नुवाकोटका सल्लाहकार नवदीप श्रेष्ठले संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरे । पुस्ता हस्तान्तरणसँगै भाषा लोप हुँदै गई रहेको श्रेष्ठले बताए । पैसा खर्च गरी विदेशी भाषाको सिकाईको साथै आफ्नो समुदायको मौलिक भाषालाई पनि व्यवहार र प्रयोगमा ल्याउन सिकाईको खाँचो रहेको बताए ।

फोनिज जिल्ला शाखा नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङले जिल्लास्थित जातीय समुदायको समाचार सम्प्रेषणमा मिडिया हाउस र पत्रकारहरुले विभेद नगरी प्रकाशन गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा नुवाकोट जिल्लाको पत्रकारितामा जनजाति समुदायका पत्रकार मोहनध्वज जाेशी, रामकृष्ण प्रधान, श्रीराम श्रेष्ठ, राम श्रेष्ठ, उत्तम श्रेष्ठ लगायतको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top