२०७७, २६ चैत्र बिहीबार
Shivapur Chairman Goldcup Football

मेरो माइक्रोफाइनान्सको सिईओमा रामहरी दाहाल नियुक्त

डबली खबर     श्रावण २४ २०७६ १९:४५


nepal Oil corporation advertisement dabali khabar
Shivapur Chairman Goldcup Football
ramhari dahal ceo mero micro finance nuwakot

विदुर। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सिईओमा पुन रामहरि दाहाल नियुक्त भएका छन् । बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामि ४ वर्षका लागि रामहरि दाहाल र डेपुटी सिईओमा नवराज दाहाललाई नियुक्त गरेको छ।

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरी दाहाल दोस्रो कार्यकालका लागि पुन: नियुक्त भएका हुन् । उनी चार बर्षका लागि नियुक्त भएका हुन् । उनको कार्यकाल आगामी भदौ ३० गते सकिँदै छ । साउन २३ गते बसेको संचालक समितीको बैठकले असोज १ गते बाट लागू हुने गरि नियुक्त गरेको हो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्ममा १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेको छ । एक वर्ष अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको हो ।

शतप्रतिशत हकप्रद र बोनस बाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडा कोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ ।

माइक्रोफाइनान्सले असार मसान्त सम्ममा एक अर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्च पछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top