२०८१, २२ बैशाख शनिबार

‘बम-सरस्वती पुरस्कार’बाट साहित्यकार श्रेष्ठ सम्मानित

    असार २९ २०७६ १७:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office
बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले २०६ औँ भानु जयन्ती अवसरमा यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठले नेपाली भाषा र साहित्यको उन्नयनमा पु-याएको योगदानको कदर गर्दै प्रतिष्ठानले नगर रु १० हजार र सम्मान पत्र सहित सम्मान गरेको हो ।

बागलुङको मूलपानी घर भई बैदेशिक रोजगारका लागि बेल्जीयममा रहनु भएका कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट भानु जयन्तीका अवसरमा बर्सेनी साहित्यको क्षेत्रमा लामो योगदान गरेका साहित्यकारलाई सम्मान गर्दै आएको धौलागिरी साहित्य प्रतिष्ठानले जनाएको छ । 

श्रेष्ठलाई धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन तथा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

भानु जयन्तीका अवसरमा धौलागिरी साहित्य प्रतिष्ठानव्दारा आयोजित श्रस्टा सम्मान एबं सृजना बाचन कार्यक्रममा लामिछानेलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान पछि बोल्दै नगर प्रमुख पौडेलले नेपाली साहित्यको बिकास र सम्मृद्धिका लागि आदिकवी भानुभक्त आचार्यले पुर्याएको योगदान सदैव स्मरण योग्य रहेको उल्लेख गर्दै भाषा साहित्य र कलाको बिकासका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताए । 

त्यसैगरी सम्मानित ब्यक्तित्व श्रेष्ठले प्रतिष्ठानले दिएको सम्मानले साहित्य क्षेत्रमा लाग्नका लागि थप प्रेरणा मिलेको बताए । 

सो अवसरमा बोल्ने सहभागीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानलाई सदैब स्मरण गर्नुपर्ने बताएका थिए । सहभागीले भाषा साहित्यको संरक्षण र प्रबद्धन गर्न सकेमात्र आदिकबी भानुभक्त आचार्य प्रतिको सच्चा सम्मान हुनेमा जोड दिए ।

सो अवसरमा सर्जकहरु गुणराज पौडेल, कोपिला कंडेल, मंगलादेबी राजभण्डारी गोबिन्द सुबेदी र मञ्जुल शाक्य लगायतले सृजना बाचन गरेका थिए । 

त्यसैगरी यसवर्षको स्थलगत भानु चित्र लेखनमा नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ उत्कृष्ट भएका थिए । श्रेष्ठलाई धौलागिरी साहित्य प्रतिष्ठानले पुरस्कृत समेत गरेको थियो । 

सो अवसरमा सम्मानित श्रेष्ठको ब्याक्तित्व बारे धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य एबं धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हरी प्रसाद पाण्ड्यले प्रकाश पारेका थिए । 

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष कोजि रोशनको अध्यक्षता, सदस्य गुणराज पौडेलको स्वागत मन्तब्य र सदस्य सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए । विसं १८७१ असार २९ गते तनहँुको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए ।

भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top