२०८१, १३ बैशाख बिहीबार

सम्पन्न सहकारीको सेवा केन्द्र सञ्चालनमा

    असार २३ २०७६ १९:५९

sampanna multipurpose cooperative sahakari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले माछापोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । २०६४ साल स्थापना भएको सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

सेवा केन्द्रको उद्घाटन काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले गरे । उनले सहकारी संस्थाहरु नाफामूलकभन्दा पनि सहकारीको मर्मअनुसार चल्नुपर्ने बताए । मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पुगेको बेला सहकारीले उत्पादन बढाउन सक्ने भन्दै मानन्धरले ठूलो टेवा पुर्याउन सक्ने बताए ।

कार्यक्रममा काठमाडौं मनपा-१६ का वडाध्यक्ष मुकुन्द रिजालले स्थानीयतहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे ।

महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको सहकारीले आईएमई, प्रभु वेष्टर्न युनियन, हिमाल रेमिट लगायतबाट विप्रेषण सेवा उपलव्ध गराउँदै आएको सहकारीका सेवाकेन्द्र प्रमुख रमेशमान प्रधानले बताए ।

गत जेठ मसान्तसम्म सहकारीको १ करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड ९ लाख रहेको छ । कर्जा लगानी १२ करोड ९८ लाख तरलता २ करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लाख रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top