+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको सबै स्थानीयतहमा अझै बैंक पुगेनन्, पालिकाको एसबिआईलाई बोर्ड हटाउन निर्देशन

डबली खबर
६ साल अगाडी

विदुर / देश संघीय संरचनामा गएसँगै हरेक स्थानीय तहमा प्रभावकारी वैंकिङ सेवा प्रवाह गर्ने उद्देश्य प्रभावहिन भएको छ ।

स्थानीय तहका आर्थिक गतिविधिहरु स्थानीय तहबाट नै सञ्चालन गर्ने गरी प्रत्येक स्थानीय तहको केन्द्रमा बैङ्कि सेवा सुचारु गर्न नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्कलाई छनौट गरी स्थानीय तहमा कार्यलय स्थापना गरी सेवा प्रवाह गर्न निर्देशन दिएपनि जिल्लाका कतिपय स्थानीय तहको केन्द्रमा अझै वैंकिङ सेवा पुग्न सकेको छैन ।

राष्ट्र बैङ्कको निर्देशन अनुसार पञ्चकन्या गाउँपालिकामा र बेलकोटगढी नगरपालिकाको केन्द्रमा अझै वैंक स्थापना हुन नसकेको हो । बेलकोटगढी नगरपालिकामा क्षेत्रमा वैंक स्थापना भएपनि अपायक ठाउँमा स्थापना हुँदा सेवा प्रवाह प्रभावित भएको नगरपालिकाले जनाएको छ । जिल्लाको रातमोटमा दुई वटा वैंकका शाखा रहेपनि नगरपालिकाको एक छेउमा रहेकाले दुवै वैंकबाट नगरपालिकाको वैंकिङ सेवा सञ्चालनमा आउन नसकेको हो । केन्द्र नजिक वैंक स्थापना नहुँदा नगरपालिकाको आर्थिक गतिविधि नेपाल वैंक लिमिटेडको त्रिशूली शाखामार्फत हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए । यस्तै जिल्लाको पञ्चकन्या गाउँपालिकामा छनौटमा परेको नेपाल स्टेट बैंक अफ इंडिया (एसबिआई बैङ्क) ले पालिकासँग परामर्श नगरी आफ्नै ढंगबाट कारोवार गरिरहेको अध्यक्ष तेजबहादुर तामाङ (रमेश तामाङ)ले बताए ।

गाउँपालिकाको निर्णयलाई अस्वीकार गरी एसबिआई बैङ्कले वडा नम्बर २ को सहरे बजारबाट आर्थिक कारोवार गरिरहेको भन्ने कुरा सामाजिक सञ्जाल मार्फत बाहिर आएको भन्दै अध्यक्ष तामाङले आपत्ति प्रकट गरेका छन् ।

गाउँपालिकाले बैङ्कको नाममा काटेको पत्र अनुसार गउँपालिकाको केन्द्रमा कार्यालय स्थापना नगरी गाउँपालिकामा आएको जस्तो मात्र गरेर राष्ट्र बैङ्कको निर्देशन विपरित काम गर्नुको कारण लिखित रुपमा माग गरिएको उनले बताए । गाउँपालिकाको केन्द्र लाकुरीभञ्ज्याङमा बैङ्क स्थापना गरी गाउँपालिकाको अन्य स्थानहरुमा एक्सटेन्सन काउन्टर खोली बैकिङ सेवा सञ्चालन गर्न भने बाटो खुला रहेको पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाले बैङ्कलाई असार १७ गते मंगलवार पत्र काटेर साइन बोर्ड हटाउन निर्देशन दिए पनि नहटाएको भन्दै गाउँपालिकाले इलाका प्रहरी कार्यालयलाई आवश्यक कारवाही अघि बढाइ दिन पत्रचार गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ