विदुर / विदुर नगरपालिका-१ बागवानीस्थित क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा विद्युतको तारमा छुँदा दुई बालक घाईते भएका छन् । ११ केविए विद्युत प्रवाह हुने सो तार घरको नजिकबाट लागिएको प्रहरीले जनाएको छ ।
करिब ३ बजेर १५ को समयमा करेन्ट लागेर विदुर नपा-१ का चतुरमान नगरकोटीका ७ वर्षीय छोरा सुजन नगरकोटीको दाहिने खुट्टाको पन्जा र ५ वर्षीय भाई सुरेश नगरकोटीको बायाँ हातमा करेन्ट लागेर घाइते भएका छन् ।
घाइते दुवैको जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयका नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर पल्लाीमगरले जानकारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्राविधिकको लार्पाबाहीका कारण घटना घटेको स्थानीयबासीले आरोप लगाएका छन् भने नेपाल विद्युत प्राधिकरणका निमित्त अधिकारी लखनलाल साहले हाईटेन्सन तार मुनि घर बनाउंदा जानकारी गरि घर बनाउनुपर्ने बताए।