शिवपुरी / वर्षाको कारण पहिरो जाँदा टोखा छहरे सडकखण्डको शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित सडक अवरुद्ध भएको छ । गए राती १ बजेतिर वर्षाको भेलले माटो बगाउदा सडक अवरुद्ध भइ आवतजावतमा समस्या आएको हो ।
वर्षाको भेलले नुवाकोटबाट काठमाडौ बालुवा लिएर जादै गरेको बा ५ ख १६७० टिफर सडकको बीचभागमै फसेको छ भने कुनै मानवीय क्षति भएको छैन ।
त्यस्तै, काठमाडौ टोखा नगरपालिका-१ झोर सडकखण्डमा आएको माटोको भलले सडक अवरुद्ध भएको छ ।
अहिले पहिरोले अवरुद्ध भएको सडक सुचारु गर्न डोजर लगाई टिफर निकाल्ने कार्य पनि भइरहेको छ ।
उक्त बाटो भएर काठमाडौ जाने सवारीसाधनलाई गुरुङ गाउँमा रोकिएको छ भने काठमाडौबाट नुवाकोट जाने सवारीसाधनलाई गुर्जे भन्ज्याङ चेक पोष्टमा रोकिएको छ ।
प्रतिक्रिया