२०८१, २३ बैशाख आईतवार

जीबिआइएमई र जनता बैंक मर्जरमा

    असार २० २०७६ १७:४६

global ime bank merger with janata bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ /आधा दर्जन बढि संस्थालाई गाभेको ग्लोबल आइएमई (जीबिआइएमई) र जनता बैंक नेपाल मर्जरमा जाने भएका छन् ।

शुक्रबार जीबिआइएमईका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रारम्भिक सम्झौता अनुसार जनता बैंकका शेयरधनीले १ सय कित्ता बराबर जीबिआइएमईको ८५ कित्ता शेयर पाउने बताइएको छ । तर,  सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

हाल जीबिआइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। ग्लोबलले जनतालाई ८५ प्रतिशत स्वाप दिएमा दुई बैंक मर्जर भएर बन्ने बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड नाघ्नेछ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने समझदारी भएको छ । सञ्चालकमा दुई जना जनता बैंकबाट आउने सहमति भएको छ ।

प्रमुख कार्यकारी अधिकृतमा जनताका परशुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् भने बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् ।

मर्जरपछि बैंकको केन्द्रिय कार्यालय पानिपोखरीमा रहने भएको छ। मर्जर सम्झौता पश्चात दुबै बैंकको आइतबारदेखि शेयर कारोबार रोकिने भएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top