+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका साहित्यकार श्रीराम पुरस्कृत हुँदै

shreeram shrestha nuwakot
डबली खबर
६ साल अगाडी

विदुर / धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको सरस्वती साहित्य पुरस्कार २०७६ साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

भानु जयन्तीको अवसरमा यहि असार २९ गते बाग्लुङमा हुने बृहत साहित्यक कार्यक्रम बीच पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । नेपाली भाषा-साहित्यमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गर्न लागेको हो ।

साहित्यकार श्रेष्ठको जन्म २०३१ साल असार २४ गते नुवाकोट विदुर नगरपालिका-४ बट्टारमा भएको थियो । उनको ट्राफिक जाम, जीवन र विज्ञान, जिजिविषामा बाँच्ने मान्छेहरु, चिनारी, नुवाकोटको जनजीवन एक अध्ययन, केराको थाम, अनुभूति अनेक, भूकम्पको चाङ, रुखकटहर, गोरुजुधाई, आत्तिएको सडक, आगोको लप्का लगायतका कृतिहरु प्रकाशित छन् ।

यसअघि उनी बीडी त्यागी साहित्य सम्मान, मातृभूमी साहित्य सम्मान, ज्योति, दाङ साहित्य सम्मान, अन्तर्राष्ट्रिय साहित्य सम्मान, बिष्णुपुष्प साहित्य सम्मान, भानुभक्त आचार्य स्मृति सम्मान, मुरारीदेवी स्मृति सम्मान, भक्तबहादुर घले जनजाती पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र साहित्य सम्मानबाट सम्मानित भइसकेका व्यक्तित्व हुन् ।

उनले कविता, हाईकु, ताङका, सिजो, मुक्तक गीत, लघुकथा, समीक्षा, समालोचना, यात्रा स्मरण, निबन्ध, अनुसन्धानमुलक विधामा कलम चलाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ