२०८१, २२ बैशाख शनिबार

नेपालको मौलिक लिपि नखः रञ्जना लिपि प्रदर्शन

    असार १७ २०७६ १७:००

ranjana lipi exhibition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं / वसन्तपुरमा लिपि नखः नामक नेपालको मौलिक लिपि सम्बन्धी बृहत् प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ ।

प्रदर्शनीमा रञ्जना लिपि, नेपाल लिपि र भुजिंम्वल लिपिमा आधारित दर्जनौं सृजनात्मक कलाकृतिको प्रदर्शनीलाई १० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । शतप्रतिशत युवा पुस्ताले सिर्जना गरेका ५० भन्दा बढी कलाकृति मध्ये केहि कलाकृतिको विक्री स्टलको पनि व्यवस्था गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर शाक्यले नेपालको पहिचानको रुपमा रहेको रञ्जना लिपि, नेपालको संस्कृति तथा धरोहरलाई संरक्षण र सम्बद्र्धन गर्ने काममा महानगरपालिका सहकार्य गर्ने काममा सधैं तत्पर रहेको कुरा उल्लेख गर्दै अब आउने नयाँ साझा बसमा रञ्जना लिपि पनि समावेस गर्ने खुलासा गरे । विशिष्ट अतिथि प्रदेश नं ३ का सांसद शाक्यले संयुक्त राष्ट संघमा नेपालको मौलिक लिपि रञ्जना लिपिका कारण सार्वभौमिक मुलुकका रुपमा चिनिएको तथ्य घाम जस्तै छर्लंग छ, सोहि लिपिलाई नयाँ पिढिलाई चिरपरिचित गराउने उद्देश्यले आफ्नो सांसद कोषले यसप्रकारको कार्यक्रमको आयोजना गर्न सहयोग गरेको बताए ।

नेपाल लिपि गुथिका संरक्षक जनकवि दुर्गालाल श्रेष्ठले उक्त लिपि नखः प्रदर्शनीमा स्वयम् आफ्नो पहिचान नै प्रदर्शित भएको बताए । गुथिका उपाध्यक्ष अनिल स्थापितले स्वागत मन्तव्य दिने क्रममा यस प्रकारको नौलो कार्यक्रमले रञ्जना लिपिको उत्थान गर्ने काममा टेवा पुग्ने बताए । कार्यक्रमका सभापति तथा गुथिका अध्यक्ष निरञ्जन ताम्राकारले यस प्रकारको कार्यक्रमको आयोजनाले लुकेर रहेका युवा प्रतिभाको प्रस्फुटन गर्ने बताउँदै लिपि नखःमा पचास भन्दा बढी युवा कलाकारहरुको नौला सिर्जनाहरु एकै साथ प्रदर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमको संचालन गुथिका अर्का उपाध्यक्ष महेशमान डंगोलले गरेका थिए ।

प्रदर्शनीमा रञ्जना लिपि, नेपाल लिपि र भुजिंम्वल लिपि प्रयोग गरेर सिर्जना गरेका डिजिटल डिजाईन, डूडल, काष्ठकला, मण्डला आर्ट, छ्वाली आर्ट, मेटल तथा माटो कला, ब्रासलेट, एअररिंग, मैन कला, बुकमार्क, कालभैरवको डिजिटल आर्ट प्रस्तुत गरेका थिए । सिर्जनाको सिलसिलामा भर्खर एसइइ सकेका अंशु श्रेष्ठले नेवाः म्हसिका अक्षर भित्र १ हजार २० वटा नेवार थरलाई रञ्जना लिपिमा अत्यन्त आकर्षक तरिकाले पेश गरेका थिए भने सबैभन्दा कान्छो सहभागीले रञ्जना लिपि ट्युटूरियल भिडियो मार्फत सिकाएका थिए ।

त्यसैगरि ६५ बर्षका वरिष्ठ कलाकार आशाकाजी थकुले ८ फिट लामो र ३ फिट चौडा रञ्जना लिपिको कुताक्षर कला प्रस्तुत गर्नुको साथै उक्त कुताक्षरमा क देखि ज्ञ सम्मको ३६ वटा अक्षरलाई पहिलो चोटी एकै ठाँउमा गाँसेर प्रस्तुत गरे।

सुप्रिम डेकोर प्रालिले व्यावसायिक रुपमै रञ्जना लिपिको अंक काठमा कुँडेर आकर्षक भित्ते घडी बिक्रीमा राखेको थियो भने काठमै रञ्जना लिपिले लिपि नखः लेखेर कीरिंग निकालेको थियो । क्यालिजात्रा टिमका आनन्द महर्जनले डिजिटल प्रविधि प्रयोग गरेर निकालेको ब्याज, स्टीकर, कप, ब्याग, टिसर्ट र पोष्टर किन्नेहरुको घुइँचो पनि देखियो । क्यालिजात्रा टिमका अर्का सदस्य मिस नेवाः सुनिता डंगोलले आफ्ना दिवंगत पिताको फोटोलाई रञ्जना लिपिले लेखेका थिए । आफ्ना पिताका दिव्य वचनलाई स्केचको लाईन बनाएर आफ्नो संवेदनशीलतालाई रञ्जना लिपि मार्फत व्यक्त गर्दै उनले एभेन्जर्स, क्याप्टेन अमेरिका सुपरहिरोज सिरिज रञ्जनामा कलात्मक तरीकाले प्रस्तुत गरेको थियो ।

लिपि नखः दिपेश सिग्देलले गुथि विधेयक विरुद्ध मण्डलामा उर्लेको जनसागरमा रञ्जना लिपिले शक्तिशाली जनता लेखेर डिजिटाईज गरेर प्रस्तुत गरे भने मधेशका रतन कर्णले क्यालिजात्रामा रञ्जना लाइभ क्यालिग्राफी गरेर सबैको ध्यान आकर्षित गरे । अचम्मको कुरा कर्णले ट्युटोरियल र साथीहरुबाट लिपि सिकेका रहेछन् ।

लिपि नखःमा भाग लिनकालागि काठमांडू उपत्यका बाहिर पोखराबाट रजनी र विकास क्यालिजात्रामा सघाउन आएका रहेछन्। युकेबाट संयुक्त श्रेष्ठ (पासा पुचः) र श्रमदिप पुर्काेटीले ब्राजिल र कोलम्बियामा गरिएको रञ्जना वाल आर्टको डिजिटल प्रिन्ट पठाएर लिपि नखःमा सहभागिता जनाएका थिए । यसको साथै दर्शक स्वय््मले नेपालको मौलिक लिपि लेखन कलाको अभ्यास कार्यमा संलग्न भै लिपि पर्वको मज्जा लिएका थिए । यसका अतिरिक्त गुथिका सदस्यहरुले दर्शकहरुको नाम रञ्जना लिपिबाट लेखाउन पाउँदा अत्यन्त हर्षित भएका थिए ।

लिपि गुथिले प्रदेश नं ३ का सांसद् राजेश शाक्यको सांसद् कोषको आर्थिक सहयोगमा उक्त प्रदर्शनी गरिएको हो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top