२०८१, ३ जेष्ठ बिहीबार

ओखरपौवामा प्रहरी र स्थानीयवीच झडप

    असार १४ २०७६ २१:५५

फोटो: फेसबुक
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवामा स्थानीय र प्रहरीवीच झडप भएको छ । स्थानीयको जग्गा अधिग्रहण गरिनु पर्ने, सिसडोलको विकल्प वञ्चरेडांडामा तत्काल नयां फोहोर विर्सजन केन्द्र निर्माण गरिनु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयलाई प्रहरीले लाठीचार्ज गर्दा १५ भन्दा धेरै स्थानीय घाइते भएका छन् ।

२५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर केहीलाई काठमाडौं र केहीलाई त्रिशूली लगिएको स्थानीयले बताएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । काठमाडौंको ओखरपौवास्थित सिसडोलमा विसर्जन गरिदै आएको फोहोर विसर्जनमा स्थानीयवासीले गत १० गतेदेखि विभिन्न माग राखी रोक लगाएका थिए । स्थानीयवासीको मागलाई संवोधन नगरी प्रहरीले फोहोर रोक्न बसेका स्थानीय सर्वसाधारणमाथि लाठीचार्ज गरेको ककनी गाउंपालिका वडा नं. १ ओखरपौवाका वडाध्यक्ष चन्द्रवहादुर वलामीले वताए । घाइतेहरुको काठमाडौका विभिन्न अस्पताल र स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको उनले बताए ।

यस अघि शुक्रवार काठमाडौं महानगरपालिकाको फोहोर विसर्जजनलाई व्यवस्थित गर्न स्थायी संयन्त्र निर्माण गर्न सरोकारवालाहरु सहमत भएका थिए । फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान र स्थानीयको माग संवोधनको लागि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, महानगरपालिका, सम्वन्धित गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष र अति प्रभावित क्षेत्रका प्रभावितहरु संलग्न भएको समिति गठन गर्ने र उक्त समितिको राय एवं परामर्शको आधारमा काम अघि बढाउने निर्णय भएको थियो । तर, स्थानीयले सहमति बेगर फोहोर विसर्जनमा शनिवार पनि अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top