२०८१, १७ बैशाख सोमबार

एसईई परीक्षामा नुवाकोटबाट शीर्ष चारमा कमल लामिछाने

    असार १४ २०७६ २१:२४

see topper kamal lamichhane likhu rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / एसईई परीक्षामा नुवाकोटबाट शीर्ष चार उत्कृष्ट नतिजा ल्याउन कमल लामिछाने सफल भएका छन् ।

लिखु गाउँपालिका-१ का ढिकुरेका लामिछानेले पब्लिक भिजन एकेडेमीबाट परीक्षा दिएका हुन् । लामीछानेले सबैभन्दा बढी अङ्क ३.९५ जिपिए ल्याउँदै पालिकाकै शिर्ष उत्कृष्ट छात्र पनि भएका छन् ।

पब्लिक भिजन एकेडेमीबाट ८ जना विद्यार्थी एसईईमा सहभागी थिए । लामिछाने र बिनोद दुवालकोटीले “ए प्लस” ग्रेड, एलिसा लामिछाने, उषा लामीछाने, अन्जना लामीछाने र सुनाम राईले “ए” ग्रेड, समिर तामाङले “बि प्लस” र निश्मा लामिछानेले “बी” ग्रेड प्राप्त गरेका छन् ।

उच्च शिक्षाको लागि भौतिक विज्ञान विषय लिएर आफ्नो अध्ययन गरिने लामिछानेले बताए । जिल्लामै इन्जिनियरिंङ शिक्षा अध्यापन हुने जानकारी नभएको बताए । आमाबुबा, शिक्षकशिक्षिका र साथीहरुको सहयोग र आफ्नो लगन परिश्रमले गर्दा सफलता हासिल गरेको लामिछानेले बताए ।

नुवाकोटको सामुदायिक विद्यालयबाट सबैभन्दा बढी पृथ्वी माध्यमिक विद्यालयका छात्राद्वय निशा गजुरेल र रश्मी पनेरु रहेका छन् । उनीहरुले सबैभन्दा बढी अङ्क अर्थात समान ३.९५ जिपिए प्राप्त गरेका हुन् । त्यस्तै, निजी विद्यालयतर्फबाट अर्किड एकेडेमीका एकल अर्यालले पनि ३.९५ जिपिएस ए प्लस प्राप्त गरेका छन् ।

नुवाकोटबाट साढे ४ हजार परिक्षार्थी सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार परिक्षामा नियमिततर्फ ४ हजार २ सय र ग्रेड वृद्धिका लागि १ सय ३२ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको लागि नुवाकोटमा २४ ओटा परिक्षा केन्द्र तोकिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top