२०८१, १४ बैशाख शुक्रबार

एसईई परीक्षामा उत्कृष्ट तीन नतिजा ल्याउन सफल पृथ्वी र अर्किड

    असार १३ २०७६ २३:२९

see nuwakot topper 3.95 students
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / एसईई परीक्षामा नुवाकोटबाट शीर्ष तीन उत्कृष्ट नतिजा ल्याउन पृथ्वी मावि र अर्किड एकेडेमीका विद्यार्थी सफल भएका छन् ।

नुवाकोटको सामुदायिक विद्यालयबाट सबैभन्दा बढी पृथ्वी माध्यमिक विद्यालयका छात्राद्वय निशा गजुरेल र रश्मी पनेरु रहेका छन् । उनीहरुले सबैभन्दा बढी अङ्क अर्थात समान ३.९५ जिपिएस ए प्लस प्राप्त गरेका हुन् ।

त्यस्तै, निजी विद्यालयतर्फबाट अर्किड एकेडेमीका एकल अर्यालले पनि ३.९५ जिपिएस ए प्लस प्राप्त गरेका हुन् ।

नुवाकोटबाट साढे ४ हजार परिक्षार्थी सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार परिक्षामा नियमिततर्फ ४ हजार २ सय र ग्रेड वृद्धिका लागि १ सय ३२ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको लागि नुवाकोटमा २४ ओटा परिक्षा केन्द्र तोकिएको थियो ।

तोकिएको केन्द्रमध्ये २१ ओटा सामुदायिक र ३ ओटा निजि विद्यालय रहेको थियो । एसर्ईईको लागि सबैभन्दा बढी त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली केन्द्रमा ३ सय ८ जना र कम बागेश्वरी माध्यामिक विद्यालय केन्द्रमा ९३ जना परिक्षार्थीले परिक्षा दिएको थियो ।

१६ हजार ८२ ले ल्याए ए प्लस

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५ सय ९६ छात्र र सात हजार २ सय ८६ छात्रा छन्। यस्तै, ४ हजार ९ सय ६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २ सय ७९ छात्र र २१ हजार ६ सय ८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार १ सय १० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।

यस्तै, ६० हजार ७ सय ६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १ सय ६६ छात्र र २६ हजार ५ सय ४० छात्रा छन्। ९७ हजार २ सय ९९ ले सी प्लस ल्याए। जसमा ४५ हजार ७सय ८९ छात्र र ५१ हजार ५ सय १० रहेको परीक्षा बोर्डले जनाएको छ। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन्। जसमा ४२ हजार ८ सय ८३ छात्र र ५३ हजार ३ सय ३६ छात्रा छन्।

४३ हजार ८ सय ४० जना विद्यार्थीले डी प्लस ल्याए। जसमा छात्रतर्फ १९ हजार १ सय ३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन्। चार हजार ४ सय २९ जनाले डी जीपीए ल्याए । जसमा १ हजार ८ सय ६६ छात्र र २ हजार ५ सय ६३ छात्रा छन्।

गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २ सय ७५ ले परीक्षामा सहभागीता जनाएका थिए। परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १ सय ४१ र छात्रातर्फ दुई लाख २९ हजार १ सय ३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top