२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट होटल व्यवसायी संघको आपत्ति

    असार १३ २०७६ १७:३६

nuwakot hotel association press meet
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सरकारले गठन गरेको प्रदेश पर्यटन प्रवर्द्धन समन्वय समितिको गठनप्रति नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले आपत्ति जनाएको छ ।

संघद्वारा जारी गरेको प्रेश विज्ञप्तिमा प्रदेश नं. ३ का सबै जिल्लाका पर्यटन व्यवसायीलाई समेट्न माग गरेको छ । साथै विदुर नगरपालिकाको पाँचौ नगर परिषद् मा पनि धार्मिक एतिहासिक र पर्यटकीय सम्भाव्यतालाई स्पष्टताका साथ बजेट विनियोजन नगरिएको हुँदा सरोकारवाला सबै निकायसँग जिल्लाको धार्मिक एतिहासिक र पर्यटकीय सम्भाव्यतालाई प्राथमिकतामा राख्न माग गरेको छ ।

“३ नं प्रदेशमा प्रदेशका मुख्यमन्त्री संरक्षक रहने गरि गठन गरिएको सो १९ सदस्यीय समितिमा प्रदेशका सबै १३ जिल्लाका पर्यटन विकासमा क्रियाशील निजी क्षेत्रलाई समावेशी रुपमा समेट्न सकेको छैन” – होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश नं. ३ का संयोजक सन्तोष उप्रेतीले बताए ।

समितिमा नुवाकोट लगायत रसुवा, सिन्धुली, चितवन र काभ्रेपलाञ्चोकका पर्यटन व्यवसायीलाई नसमेटिएकोमा आपत्ति रहेको संयोजक उप्रेतीले बताए । प्रदेश नं ३ को सरकारले समिति गठन गर्नुपुर्व होटल तथा पर्यटन व्यवसायीसँग छलफल नगरी उक्त समिति बनाईएको र सबै पर्यटन व्यवसायी नरहेकोले हुनाले पर्यटन वर्षको कार्य योजनामा आशंका व्यक्त गर्नुको साथै फलदायी नहुने संयोजक उप्रेतीले बताए ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top