२०८१, १४ बैशाख शुक्रबार

दुप्चेश्वर गाउँपालिकाको बजेट ३३ करोड (पूर्णपाठसहित)

    असार १० २०७६ १९:२८

dupcheshwar rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

समुन्द्रटार / दुप्चेश्वर गाउँपालिकाको २०७६/०७७ बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

आज मंगलबार सभामा पालिका उपाध्यक्ष अञ्जु आचार्यले ३३ करोड ८ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका छन् । बजेटको चालुतर्फ ४ करोड ८५ लाख ६३ हजार ७ सय ५० र पूँजीगततर्फ १४ करोड ५६ लाख ९१ हजार २ सय ५० रहेको छ ।

नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, जलस्रोतको भरपुर उपभोग गरि खेतियोग्य जमिनमा सिँचाई र जलविद्युत आयोजना प्रवर्द्धन, कृषि क्षेत्रको व्यवसायिककारण र आधुनिकीकरण, पर्यटन प्रवर्द्धन मार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना र पूर्वाधार निर्माणमा दिगोपन सुनिश्चित र सबै नागरिकलाई सडक सुविधा पुर्याउने उद्देश्य रहेको पालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाको योजना तर्जुमा कृषि तथा पशुपालनतर्फ कृषि पकेट क्षेत्रहरु घोषणा, कृषि कार्यको प्रवर्द्धन तथा आधुनिकीकरण, एक घर ५ फलफुल बिरुवा, समुन्द्रफिनी जातको धान उत्पादन तथा बजारीकरण, एक वडा एक कृषि प्राविधिक र एक घर ४ भैंसी कार्यक्रम प्रभावकारी बनाई गोठ सुधार कार्यक्रम संचालन गरिने रहेको छ ।

नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top