२०८१, १७ बैशाख सोमबार

विदुर नपाको बजेट ८५ करोड ३७ लाख रुपैयाँ (पूर्ण पाठसहित)

    असार १० २०७६ १६:१७

budget gita kumari dahal bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर नगरपालिकाले आ.व. २०७६/७७ को ८५ करोड ३७ लाख ६१ हजार ९ सय ९५ रुपैयाँ बजेट पास गरेको छ ।

आज मंगलबार नगरपालिकाको पाँचौ नगरसभामा नगरप्रमुख सञ्जु पण्डितले निति तथा कार्यक्रम सार्वजनिक गर्दै सुशासन र पारदर्शिता र सेवा प्रवाह, राजश्व तथा कर प्रशासन, घर नक्सा/नापी, पूर्वाधार विकास, योजना/आयोजना, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, सरसफाई तथा वातावरण, मानव संसाधन, साझेदारी, समन्वय र स्थानीय विकास, युवा एवं खेलकुद विकास, महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा तथा भाषा, संस्कृति तथा पर्यटनलाई जोड दिएको बताउनुभयो ।

त्यस्तै, गरिबी न्यूनीकरण एवं सामाजिक समावेशीकरण सम्बन्धि लक्षित कार्यक्रमहरु संचालन गरि दलित, उत्पीडित, आदिवासी जनजाती, असहाय, अपाङ्ग, बौद्धिक अपाङ्ग एवम् महिलावर्गहरुलाई विकासको राष्ट्रिय मूलप्रवाहमा ल्याउन जोड दिईने बताउनुभयो । नगरबासीको स्वास्थ्य सेवामा बिशेष पहुँच पुर्याउदै समयमा उपचार प्राप्त नहुँदा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि नगर एम्बुलेन्स सेवाको सुरुवात गरिने पण्डितले बताउनुभयो ।

fifth agm bidur municipality nuwakot sanju pandit

नगरप्रमुख सञ्जु पण्डितले वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ

नगरसभामा उपप्रमुख गीता कुमारी दाहालले वार्षिक योजना कार्यक्रम तथा बजेट पेश गरेकोमा नगरपालिकाको स्रोतगत आयतर्फ आन्तरिक स्रोत, संघीय राजश्व बांडफांड, संघिय वित्तीय समानीकरण अनुदान, संघीय सशर्त अनुदान, संघिय अनुदान विद्युत रोयल्टी, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान लगायतबाट आम्दानी गरिने रहेको छ ।

कृषि, शिक्षा, खेलकुद, स्वास्थ्य, जेष्ठ नागरिक, महिला तथा बालबालिका र धार्मिक, एतिहासिक एवं पर्यटकीयलाई मुख्य प्राथमिकता दिएर बजेट निर्माण गरेको उपप्रमुख दाहालले बताउनुभयो ।

आव २०७६/०७७ बजेटमा कृषिमा १,६४५ (हजारमा), उर्जामा १,०८९ (हजारमा), स्वास्थ्यमा २८,३५८ (हजारमा), शिक्षामा २३८,१८४ (हजारमा) र युवा तथा खेलकुदमा ९०० (हजारमा) रहेको छ ।

नगर उपप्रमुख गीता दाहालले वार्षिक योजना कार्यक्रम तथा बजेट वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top