२०८०, १६ चैत्र शुक्रबार

यूवा उद्यमीवर्गलाई लक्षित गर्दै सिलाई कटाई तालिम सुरु

    असार ८ २०७६ २०:५८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / सचेतन सामुदायिक सिकाई केन्द्रको आयोजनामा तीन महिने आधारभुत सिलाई कटाई तालिम आज (आईतबार) बाट शुरु भएको छ । तालिमले नयाँ यूवा उद्यमीवर्गलाई लक्षित गर्दै सिपमूलक तालिम सञ्चालन गर्न लागिएको हो ।

नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा रहेको केन्द्रले आयोजना गरेको ३ महिने सिलाई कटाई तालिमको प्रदेशसभा सदस्य सांसद केशवराज पाण्डेले सिलाई मेसिनले कपडा सिलाएर उद्घाटन गर्नुभएको छ । देश कृषिमा निर्भर भएकोले कृषकको पहिचानलाई गर्वसाथ अगाडी ल्याउनुपर्ने सांसद पाण्डेले बताउनुभयो । देशमै दक्ष तालिम हासिल गरि गाउँघरमै व्यापार तथा रोजगारीको सिर्जना गर्न सकिने भएकोले नागरिक स्वयम् स्वाबलम्बी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशका सबै नागरिकलाई स्वरोजगार बनाउने अभियान तथा फलफुलमा परनिर्भरता अभियान अनुरुप यस वर्षको फलफुल वर्ष यहि जेष्ठ १४ गतेदेखि सुरु हुन लागिरहेको सांसद पाण्डेले जानकारी दिनुभयो । नेपालमा वर्सेनि करोडौंको फलफुल आयात हुने गरेकाले त्यसलाई कम गर्दै आत्मनिर्भर बनाउन अभियान सार्थक बन्ने पाण्डेले दावी गर्नुभयो । फलको बिरुवा जिल्लाको कृषि ज्ञान केन्द्र मार्फत् प्राप्त गर्न सकिने जानकारी दिनुभयो । गत वर्ष भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ३ मा फलफुल वर्ष–२०७५ को शुभारम्भ गरेको हो ।

कार्यक्रमका बिच सञ्जालको स्थापनाकालदेखि सहयोग गर्ने दाताहरुको नामावली भएको शिला अनावरण सांसद पाण्डेले गर्नुभएको छ । केन्द्रसहित सचेतन पुस्तकालय र समाज सचेतन केन्द्र गरि तीन संस्थाको सचेतन सञ्जाल रहेको छ ।

विदुर नगरपालिका-४ का वडाध्यक्ष टलकमान श्रेष्ठले तालिमबाट सामाजिक रुपान्तरण गर्न सकिने भएकोले तालिममा सिकेको सीपलाई व्यवहार उतारी आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । श्रेष्ठले विशुद्ध सामाजिक भाव बोकेको संस्था अहिलेको समयमा कमि भएको गुनासो व्यक्त गर्नुभयो ।

तालिममा जिल्लाका लगायत बाहिरी जिल्लाका गरी ६० जनाको प्रशिक्षार्थीहरुको सहभागिता रहेका छन् । प्रशिक्षार्थीहरु अधिकांश दलित तथा अपाङ्ग वर्गका व्यक्तिहरुको सहभागिता रहेको संजालका संस्थापक अध्यक्ष यमकुमार खातीले जानकारी दिनुभयो । तालिममा निशा थापाले सहजीकरण गर्नु हुनेछ ।

कार्यक्रममा समाज सचेतन केन्द्रको स्थापना २०५६ सालदेखि सहयोग गर्ने १७ सयभन्दा बढी सहयोगीदाताहरुको नामावली केन्द्रका सचिव हरि बहादुर चित्रकारले वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top