२०८१, १३ बैशाख बिहीबार

युवाहरूकाे पहलमा एम्बुलेन्स सञ्चालन

    असार ७ २०७६ १६:०१

aadarsha janakalyan club nuwakot ambulance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तुप्चे / स्थानीय युवाहरुको पहलमा नुवाकोटको विदुर नगरपालिका-७ तुप्चेको अक्करेमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

एम्बुलेन्स सञ्चालन भएपछि स्थानीय हर्षीत भएका छन् । नगरपालिका भएतापनि समयमा गाडी नपाउँदा विरामीलाई समयमा नै अस्पतालको पहुँचमा पु-याएर सम्भावित दुर्घटना टार्न एम्बुलेन्स महत्वपूर्ण बन्ने स्थानीयहरुले विश्वास लिएका छन् । आफुहरु विरामी हुँदा हिडेर नजिकैको अस्पताल जानुपर्ने समस्या टरेकोमा यस क्षेत्रका स्थानीयहरु धेरै खुसी भएका छन् ।

आदर्श जनकल्याण युवा क्लबको पहलमा खरिद गरिएको एम्बुलेन्स सेवा जेष्ठदेखि नै संचालन भएतापनि आज औपचारिक उद्घाटन भने प्रदेशसभाका सांसद हीरानाथ खतिवडाले समुद्घाटन गरेका हुन् । सरकारले जनतालाई दिइने सेवा प्रवाहमा एम्बुलेन्सको साथै स्वास्थ्य सेवामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त सांसद खतिवडाले गर्नुभयो ।

स्थानीयहरुको आर्थिक सहयोगबाट एम्बुलेन्स खरिद तथा सञ्चालनमा ल्याउन सकेको क्लबका अध्यक्ष भीमसेन बोगटीले बताउनुभयो । एम्बुलेन्स १२ लाख रुपैयामा खरिद गरिएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो । जनताको पहुँचमा एम्बुलेन्स सेवालाई भरपर्दो र व्यवस्थित गर्न र सेवाको गुणस्तर वृद्धि गर्नु अहिलेको अवश्यकता रहेको बोगटीले बताउनुभयो ।

कार्यक्रममा एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top