व्विदुर / ग्लोबल आइएमई बैंकले नुवाकोटको सुर्यगढ़ी गाउँपालिका-३ फँलाटेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय ५८ पुगेको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि सदमुकामसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १ सय ३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर तथा १ सय ४८ एटिएम सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया