विदुर / नुवाकोटको विदुर नगरपालिका-२ बट्टारमा सिदार्थ बैंकको शाखा उद्धघाटन गरिएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कार्यक्रमका बीच शाखा उद्धघाटन गर्नुभएको छ ।
समारोहमा बोल्नुहुँदै नगरप्रमुख पण्डितले नुवाकोटबासीलाई बैंकिड कारोबारका लागि सहज हुने अपेक्षा गरिएको बताउनु भयो । साथै उहाँले सेवाग्राहीलाई चुस्तरुपमा सेवा दिन आग्रह गर्नुभयो ।
बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउन शाखा सञ्चालनमा ल्याएकोे उप मुख्य कार्यकारी अधिकारी सुन्दरप्रसाद कँडेलले जानकारी दिनुभयो ।
बैंकले १ सय ५६ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय शाखारहित बैंकिंङ सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सय पीओस मेसिन मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया