+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

डबली खबर
७ साल अगाडी

विदुर / पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै नुवाकोटमा पनि मनाइएको छ ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औं महासभाले जुन २१ को दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अध्याधिक बहुमतले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । भारतको यो प्रस्तावलाई १ सय ७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए ।

नेपाल पतञ्जली योग केन्द्र नुवाकोट र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको संयुक्त आयोजनामा विदुर नगरपालिका-४ बट्टारको हावाघरस्थित योग साधना केन्द्रदेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरि मनाईएको छ ।

प्रभातफेरीमा “कपाल भाती जीवन साथी”, “गहुत र गोबर खेतमा, शुद्ध अन्न पेटमा”, “सिकौं योग र प्राणायाम आउँछ सधैं काम”, “घर घरमा योग सधै रहौं निरोग” जस्ता प्लेकार्ड देखाईएको थियो ।

योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ। नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपान, आवश्यक पोषण व्यायामको कमीले रोगको संक्रमण बढ्दो छ। मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न योगाले मद्दत गर्दछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ